२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

आशिका तामाङलाई अनुसन्धानका लागि म्याद थप गर्न भक्तपुर जिल्ला अदालतमा पेस

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १५, २०८१

 

काठमाडौं । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङलाई आपराधिक उपद्रवसम्बन्धी मुद्दामा अनुसन्धानका लागि म्याद थप गर्न आज भक्तपुर जिल्ला अदालतमा पेस गरिने भएको छ।

आशिका हाल भक्तपुरको प्रहरी वृत्त जगातीको हिरासतमा छिन्। सोमबार काठमाडौंमा अभद्र व्यवहार मुद्दामा १० हजार रुपैयाँ धरौटीमा रिहा गरेपछि उनलाई भक्तपुर लगिएको हो। भक्तपुरमा सूर्यविनायक नगरपालिकाको उजुरीका आधारमा उनीविरुद्ध अनुसन्धान थालिएको प्रहरीका डीएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए।

उनीमाथि भक्तपुरको साँगास्थित झोलुंगे पुलमा टिकट जलाएको, दररेटको पोस्टर च्यातेको र त्यहाँका कर्मचारीलाई दुर्व्यवहार गरेको आरोपमा उजुरी परेको छ। डीएसपी न्यौपानेका अनुसार यसै उजुरीका आधारमा थप अनुसन्धान अघि बढाइएको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

error: Content is protected !!