२३ बैशाख २०८३, बुधबार
06-05-2026 , Wed
×

काठमाडौंबाट जनकपुरतर्फ आउँदै गरेको यात्रीबाहक बसमा एक जना पुरुषको शव फेला

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, माघ १५, २०८१

 

काठमाडौं । मङ्गलबार बिहान मधेश प्र ०४ ००१ ख ०१५७ नम्बरको बसमा एक भारतीय नागरिकको शव फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय ढल्केबर धनुषाका प्रहरी निरीक्षक जटाशङ्कर यादवले मृतक भारतको मधुवनी जिल्ला सिम्री टोल निवासी अन्दाजी ७० वर्षीय जगदीश यादव रहेको बताउनुभयो ।

उहाँका अनुसार बस लालगढमा यात्रीहरु शौचालयका लागि आर्लिएको समयमा यादवलाई मृत अवस्था भेटिएका थियो । उहाँ सोमबार साँझ काठमाडौंबाट जटहीका लागि बसमा चढ्नु भएको थियो ।

तत्काल मृत्युका कारण हालसम्म खुल्न नसकेको बताउँदै प्रहरी निरीक्षक यादवले शव परीक्षणपछि मात्रै मृत्युको वास्तविक कारण थाहा हुने जानकारी दिनुभयो ।

बसलाई हाल इलाका प्रहरी कार्यालय ढल्केबरले नियन्त्रणमा लिएको छ । यस विषयमा थप अनुसन्धान जारी रहेको उहाँले बताउनुभयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । अदालतबाट फैसला भइसकेपछि फरार रहेका प्रतिवादीहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाउँदै प्रहरीले एक सातामा १२ जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका इकाइबाट खटिएको टोलीले वैशाख १५ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको विशेष खोजतलास अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार विभिन्न मुद्दामा दोषी ठहर भई लामो समयदेखि फरार […]

दाङ । राप्ती गाउँपालिकामा क्रियाशील पत्रकारहरुकाे छाता संगठनको रूपमा रहेको राप्ती प्रेस मञ्चले राप्ती आधारभूत अस्पतालको सामुहिक रिपोर्टिङ गरेको छ । सो अस्पताल राप्ती गाउँपालिका – ५, सिसहनियाँ – कालापानीमा पर्दछ । अस्पतालको काउन्टरमा कार्यरत सिमा पुजाली र सविना मियाँ मिलेर केही दिनअघि आर्थिक ( रकम ) हिनामिना गरेको आरोप लगाएर अस्पताल प्रशासनले दुवै जनालाई […]

बन्दीपुर । सिरहा राति करिब १: बजेको समयमा पूर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सिरहाको बन्दीपुरमा गौवंश तस्करी गरिरहेको अवस्थामा एक ट्रक नियन्त्रणमा लिइएको छ। हिन्दू सम्राट सेना कर्जन्हा नगरपालिकाका नगर प्रमुख श्री भोरिल सनातनीको नेतृत्वमा खटिएको विशेष टिमले उक्त तस्करीको ट्रकलाई सफल ढङ्गले नियन्त्रणमा लिएको हो। घटना विवरण: नवलपुरबाट काँकडभिट्टा नाका हुँदै बंगलादेशतर्फ मासु काट्ने प्रयोजनका […]

error: Content is protected !!