१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

खशी माग्ने कोहलपुरका बिबादित डिएसपी शाहीको सुर्खेत गणमा सरुवा

Logo
प्रकाशित बिहिबार, मंसिर २६, २०७६

महेन्द्र सिंह
प्रहरीले प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुरको इन्चार्जमा डीएसपी कुलदिप चन्दलाई पठाएको छ। प्रहरी प्रधान कार्यालय अन्तर्गत आइजीपी सचिवालयको उजुरी शाखामा कार्यरत चन्दलाई कोहलपुरको इन्चार्जका रुपमा काज सरुवा गरेको हो।
कोहलपुरमा कार्यरत रहेका डीएसपी हेमबहादुर शाहीको सुर्खेत गणमा काज सरुवा गरिएको छ। केहीदिन अघि कोहलपुरमा भएको घटनामा कमजोरी र पटक–पटक विवादमा आएपछि शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँके तानिएको थियो।
बाँकेपछि उनलाई सुर्खेत गण पठाइएको हो। केहीदिनका लागि इलाका प्रहरी कार्यालय कोहलपुर पठाइएका शिववहादुर सिंहलाई जिप्रका बाँकेमै लगिएको छ।
प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोलिले गत कात्तिक दोस्रो साता लोडेड अत्याधुनिक पेस्तोलसहित नेपाली काङ्ग्रेस निकट तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजङ्ग शाहलाई पक्राउ गरेको थियो ।
उनको साथबाट त्यतीबेला बा १८ च ४२११ नम्बरको मारुती सुजुकी कारको बायाँ तर्फको सिटमा फल्ट बटम बनाई लुकाईछिपाई राखेको अवस्थामा अटोमेटिक पेस्तोल एक थान र दुई राउन्ड गोली लोड गरिराखेको म्यागेजिन बरामद गरेको थियो ।
शाहलाई अहिले जिल्ला अदालत बाँकेले कारागार चलान गरिसकेको  छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले देश, समाज तथा लोकतान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका तथा जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण गरिएका ऐतिहासिक सालिकहरूको एक कार्यक्रमबीच अनावरण गरेको छ । नगर प्रमुख प्रशान्त विष्टले बिहान विभिन्न स्थानमा स्थापित ६ वटा सालिकको अनावरण गरेका हुन् । संविधान पिता, नेपाली कांग्रेसका पूर्व सभापति तथा पूर्व प्रधानमन्त्री […]

दाङ । वर्तमान समयमा विश्वभर बढ्दो जनसंख्या, सहरीकरण र उपभोगको संस्कृतिका कारण फोहोर व्यवस्थापन ठूलो चुनौती बनेको छ। पहिले फोहोरलाई केवल वातावरण प्रदूषण गर्ने वस्तुका रूपमा हेरिन्थ्यो, तर अहिले यसलाई आर्थिक स्रोतका रूपमा उपयोग गर्ने अवधारणा विकसित भएको छ। “फोहोरबाट मोहर” भन्ने भनाइको अर्थ पनि यही हो—उचित व्यवस्थापन, पुनःप्रयोग (Reuse), पुनर्चक्रण (Recycle) र नयाँ उत्पादनमार्फत […]

केही दिन यता ठगहरूले गर्ने ३ वटा सबैभन्दा धेरै प्रयोग हुने जाल तपाईंको खाता बन्द हुन्छ बैंक, इन्स्योरेन्स, NTC, Ncell को नाममा फोन लक्की ड्रमा पर्नुभयो, उपहार पठाउँछु त्यसको लागि OTP माग्ने SCREEN SHARE गरिदिनुस्” AnyDesk, TeamViewer जस्ता एप डाउनलोड गर्न लगाएर तपाईंको फोन आफैं चलाउने OTP नभन्नुस् बैंक र वालेटले कहिल्यै फोन गरेर OTP […]

error: Content is protected !!