०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

उपत्यका प्रहरी प्रमुख एआईजी टेक बहादुर तामाङद्वारा संचारकर्मीसंग अन्तर्क्रिया

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ २४, २०८१

काठमाडौं । उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा संचारकर्मीसंग अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयको रानीहलमा सम्पन्न कार्यक्रममा संचारकर्मीहरुद्वारा काठमाडौं उपत्यका प्रहरी कार्यालयले आगामी दिनहरुमा चाल्नसक्ने पहल कदमीको सम्बन्धमा राय, सुझाब तथा सल्लाह व्यक्त गर्नु भएको थियो ।

अन्तर्क्रिया चरण पश्चात संचारकर्मीहरुद्वारा राखिएका जिज्ञासाको निरुपण गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले काठमाडौं उपत्यका प्रहरी कार्यालयको दैनिक काम, कर्तव्य र अधिकार लगायत काठमाडौं उपत्यकाको सुरक्षा चुनौतीहरु र त्यसको समाधानको निम्ति चालिएका कदमहरुको सम्बन्धमा जानकारि दिनुका साथै आगामी कार्यदिशा र भावी योजनाहरुको सम्बन्धमा जानकारी गराउनु भएको थियो । साथै प्रहरी कर्मचारीलाई प्रहरी कार्यमा प्रभावकारिता अभिवृद्धि गर्नको निमित्त हात- हतियार लगायत अपराध अनुसन्धानको अभिमुखिकरण (Induction) अनुशिक्षण सम्पन्न गरिएको र आगामी दिनहरुमा सूचना प्रविधि सम्बन्धि अनुशिक्षण प्रदान गर्ने योजना रहेको समेत बताउनु भयो ।
काठमाडौं उपत्यकामा शान्ति सुरक्षा कायम गर्न भए गरेका कार्यहरु लगायत सृजनशील कार्यहरुका सम्बन्धमा प्रहरी वरिष्ठ उपरीक्षक शेखर खनालले प्रस्तुतीकरण गर्नु भएको उक्त कार्यक्रममा विभिन्न संचार माध्यमबाट संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!