०३ बैशाख २०८३, बिहिबार
16-04-2026 , Thu
×

काठमाडौं महानगरपालिकाले मजदुरहरुमाथि गुन्डागर्दी गर्दै, सांसद प्रभु साह

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ २७, २०८१

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन ।

सांसद साहले काठमाण्डूको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।
‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् ।

म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन रु सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस्,’ साहले भने । आइतबार टेकुमा कवाडी गोदाम हटाउन पुगेको काठमाण्डू महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको महानगरको भनाइ छ ।

झडपमा ५ जना घाइते भएका छन् । नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । सशस्त्र प्रहरीले मात्र चेकजाँच गर्दै आएको उक्त चोकमा सशस्त्र प्रहरी सँगै नेपाल प्रहरीले पनि चेकजाँच सुरु गर्न थालेको हो ।एकिकृत जाँच चौकी (आइसीपी) र जमुनाहबाट आउने सवारी साधन तथा मालबाहक गाडीको चेकजाँच गर्न सोमवारदेखि नेपाल प्रहरी पनि परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अंगुर जिसीले जानकारी दिए ।चौलिका चोकमा खटिने […]

दाङ । मंगलवार बेलुकी तुलसीपुर ५ माछापुच्छ्रे टोल स्थित थारमारे भण्डारी होटेलबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका सुचना अधिकारी रेशम बोहराले जानकारी दिए । विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले सल्यान बागचौर नगरपालिका २ बागचौर बस्ने वर्ष २० को दीपक भण्डारी, सोहि ठाउँका वर्ष १९ को सरोज घर्ती मगर […]

नवलपरासी । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले सडक सुरक्षा मजबुत बनाउने उद्देश्यसहित उक्त अभियान सञ्चालन गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख कुशलकुमार बर्तौलाका अनुसार जीपको छतमा यात्रु राखेर यात्रा गराउँदा दुर्घटनाको जोखिम बढ्ने भएकाले अभियान थालिएको हो । “जिल्लाको पहाडी क्षेत्रमा चल्ने सवारीमा छतमा समेत यात्रु चढाउने गरिएको पाइएकाले अत्यधिक भारका कारण […]

error: Content is protected !!