०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

काठमाडौं महानगरपालिकाले मजदुरहरुमाथि गुन्डागर्दी गर्दै, सांसद प्रभु साह

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, माघ २७, २०८१

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका छन । आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो बताएका हुन ।

सांसद साहले काठमाण्डूको टेकुमा कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला गरेर काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रदर्शन गरिरहेको बताएका हुन् ।
‘आज ११ बजे टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि सांघातिक हमला भएको छ । कथित महानगरका प्रहरी भन्नेहरूको जत्थाले गम्भीर घाइते बनाएका छन् ।

म विशेष आग्रह गर्न चाहन्छु कानुन र अदालतको आदेश विपरीत जसरी काठमाण्डू महानगरपालिकाले गुन्डागर्दी प्रस्तुत गरिरहेको छ । सरकार कानुन बहालीका लागि के सक्षम होइन रु सक्षम हो भने सबैको जीउधनको सुरक्षा गर्न सक्रियता देखाओस्,’ साहले भने । आइतबार टेकुमा कवाडी गोदाम हटाउन पुगेको काठमाण्डू महानगरपालिकाको नगर प्रहरी बललाई कवाड व्यवसायीहरूले अवरोध गर्न खोजेपछि झडप भएको महानगरको भनाइ छ ।

झडपमा ५ जना घाइते भएका छन् । नगर प्रहरी बलका कार्यवाहक प्रमुख एसपी विष्णु जोशीले कवाडी व्यवसायीले बोत्तल प्रहार गरेको र आत्म सुरक्षा गर्ने क्रममा दोहोरो झडपको स्थिति आएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!