२८ साउन २०८३, बिहिबार
13-08-2026 , Thu
×

मानिस हराएको सूचना भेटाउनेलाई १० हजार उपहार 

Logo
बिदुर एमसी प्रकाशित शुक्रबार, फाल्गुण ०२, २०८१

मानिस हराएको सूचना भेटाउनेलाई १० हजार उपहार

दाङ । भालुवाङ प्युठान जिल्ला, प्युठान नगरपालिका -८, धर्मावती खप्रेङखोला निवासी मिठ्ठु रुचालका छोरा वर्ष ३२/३३ को प्रेम रुचाल गत पौष १५ गते प्युठान खप्रेङखोलाबाट हिँडेका अहिलेसम्म कहाँ गएको हो भन्ने उनको कुनै खबर छैन । घर परिवार र आफन्तहरुले सम्भावित स्थानमा खोजी गर्दा पनि सम्पर्क हुन सकेको छैन ।

जिंगरिंग कपाल भएको, राम्रोसँग बोल्न नजान्ने उक्त व्यक्ति केही दिनदेखि देउखुरीको भालुवाङ पुल्चोक क्षेत्रमा बेलुकाको समयमा देखिन्छन् भन्ने सुनिएको हुँदा उनलाई देख्ने वा भेटाउने जोकोही सज्जन महानुभावले नजिकैको प्रहरी वा मिन बहादुर बसेलको ९८४७८ ३८०६७ मा खबर गरिदिनुहुन विनम्र अनुरोध छ । खबर दिनेलाई १० हजार रुपैयाँँ इनाम दिइने छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट एकल बहुमत ल्याएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री भएपछि एकपछि अर्को गरी कर्मचारीहरूको मान मर्दन गर्ने काम भइरहेको छ । मुख्यगरी सरकारका मन्त्री, प्रधानमन्त्री शाहको सचिवालय र सत्तारुढ दल रास्वपाका सांसदहरूबाट स्थायी सरकार (निजामती कर्मचारी)को मानमर्दन गर्ने काम भइरहेको छ । […]

काठमाडौं । पहिले सूचना विभागले जारी गरेको पत्रकार परिचय पत्रका आधारमा सिंहदबार प्रवेश दिइने गरिएको थियो। तर बिहीबार परिचय पत्र देखाएरसमेत सिंहदबार प्रवेश दिइएको छैन। सिंहदबार छिर्नका लागि के काम जाने लागेको? कसलाई भेट्ने?लगायत विवरणहरू गेटमा लेखेपछि मात्र प्रवेश दिइएको छ। यसअघिका दिनहरूमा यस्तो हुने गरेको थिएन। परिचय पत्र देखाएमा कहाँ जाने भन्ने सोध्ने गरिएको […]

प्रश्न : घोराही नगर हाप्किडो संघको अध्यक्षको जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ? बन्दना बस्नेत : यो जिम्मेवारी पाउँदा खुसीसँगै चुनौती पनि महसुस भएको छ। हाप्किडो खेलको विकास र खेलाडीको हितमा काम गर्ने अवसरका रूपमा मैले यसलाई लिएको छु। सबै प्रशिक्षक, खेलाडी, अभिभावक र सरोकारवालासँग सहकार्य गरेर संघलाई प्रभावकारी रूपमा अघि बढाउने मेरो प्रयास रहनेछ। […]