१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

जेष्ठ नागरिकहरुको लागि नि शुल्क अप्रेसन र उपचार घरमै हुने घोराही मेयर:चौधरी

Logo
प्रकाशित सोमबार, मंसिर ३०, २०७६

सागर थापा
दाङ मंसिर २९ घोराही इन्सेक दाङले शिक्षा, स्वास्थ्य, खाद्य र आबास अधिकारको सवालमा आईतबार घोराहीमा आयोजना गरेको कार्यक्रममा घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरीले जनताको जीवन स्तर परिबर्तन हुने गरी कामलाई अघि बढाएको उल्लेख गरे ।सबै वडाका बस्तीहरुमा सडक पु¥याएको भन्दै अब उत्पादनलाई बजार सँग जोड्ने योजनाहरु कार्यान्वयनमा ल्याउने बताए । शिक्षामा विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी मिलान गरिएको, खाजा कार्यक्रम लागु गरेको, सामुदायिक विद्यालयमा शिक्षण सिकाई प्रभावकारी बनाएको जानकारी दिए ।त्यस्तै स्वास्थ्य तर्फ सबै वडामा स्वास्थ्य केन्द्रहरु स्थापना गरिएको, रामपुर र नारायणपुरमा डाक्टर सहितको सेवा सुरुवात गरेको, जेष्ठ नागरिकको घरमै उपचार, सुत्केरी, सिकलसेल एनिमियाका विरामीलाई निशुल्क रगतको व्यवस्था र निशुल्क मोतियाबिन्दुको अप्रेशन गर्ने कार्यक्रमहरु कार्यान्वयन ल्याएको उल्लेख गरे । यसैगरी, कृषिमा यान्त्रिकिकरण गर्दै व्यवसायीक खेतीमा कृषकलाई आकर्षण गरिएको, आबासमा सुरक्षित घर निर्माणका लागि भवन निर्माण संहिता लागु गरिएको नगर प्रमुख चौधरीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत चैत लमजुङमा भएको पूर्वप्रहरी हवलदार सीता कँडेलको हत्यापछि फरार व्यक्तिलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले ७ महिनापछि पक्राउ गरेको छ।उक्त घटनामा संलग्न चितवनको रत्ननगर नगरपालिका-६ घर भएका ४७ वर्षीय बुद्धिराम दराईलाई बिहीबार पक्राउ गरिएको हो। दराईलाई रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियास्थित सडकबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि लमजुङ जिल्ला प्रहरी कार्यालयमा बुझाइएको ब्युरोले […]

बाँके । गुलरिया बसपार्कस्थित नजिक मुबारक अहमद कवडियाको पसलबाट भन्सार छली गरी ल्याइएको ३३ हजार ९ सय किलो मटर बरामद गरेर भन्सार कार्यालयमा बुझाइएको बाँके प्रहरीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले जानकारी दिए ।उनका अनुसार बरामद मटरको बजार मूल्य २० लाख ३४ हजार रुपैयाँ छ । मटर सँगै पसल सञ्चालकलाई पनि प्रहरीले भन्सारमा […]

काठमाडौं । भारत जोधपुरमा एक वकिलसँग अभद्र व्यवहार गर्दै ‘थुन्ने’ धम्की दिएको घटनाले भारतीय प्रहरी प्रशासनलाई ठूलो आलोचना र कारबाहीको घेरामा पुर्‍याएको छ। सोमबार राति कुडी भगतसनी प्रहरी चौकीमा घटेको यो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उच्च अदालतले स्वतः संज्ञान लिँदै कडा निर्देश जारी गरेको हो। वकिल भरतसिंह राठौर एक बलात्कार प्रयासबाट बचेकी पीडिताको […]

error: Content is protected !!