२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

अमेरिकामा दुई नेपाली युवाहरूमाथि मुद्दा दायर यौन दुर्व्यवहार गरेको आरोप,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण १६, २०८१

 

काठमाडौं । अमेरिका यौन दुर्व्यवहारको आरोपमा दुई नेपालीलाई प्रहरीले मुद्दा दायर गरेको छ। मिनिसोटा राज्यको र्स्टन्स काउन्टी कोर्टमा र्स्टन्स काउन्टी प्रहरीले मुद्दा दायर गरेको हो। २० वर्षीय फयाल र १९ वर्षीय तामाङमाथि प्रहरीले फेब्रुअरी २१ मा मुद्दा दायर गरेको छ।
अदालतबाट पक्राउ पुर्जी जारी भएपनि हाल, उनीहरू मिनिसोटामा नभेटिएकाले प्रहरीले राष्ट्रव्यापी खोजी अभियान सुरु गरेको छ। फयाल र तामाङलाई सेन्ट क्लाउड स्टेट युनिभर्सिटी मिनिसोटामा अध्ययनरत एक विद्यार्थीलाई बलात्कार गरेको अभियोग लागेको छ। उनीहरू सोही कलेजमा अध्ययन गर्दै आएपनि अगस्तदेखि डिसेम्बरसम्मको सेमेष्टरमा भर्ना लिएको तर, उनीहरू गत विन्टर ब्रेकपछि कलेजमा नआएको कलेज प्रशासनले जानकारी गराएको छ।

मिनिसोटाको सेन्ट क्लाउड फस्ट एभिन्यू साउथमा रहेको छात्रावासको कोठामा गत नोमेम्भर १ मा महिलामाथि यौन दुर्व्यवहार भएको थियो। ती महिलाले दिएको उजुरीको आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो। यौन दुर्व्यवहारको शिकार भएकी महिलाले गरेको उजुरीको आधारमा शंकाष्पद रुपमा फयाल र तामाङलाई प्रहरीले सोधपुछ गरेको थियो।

प्रहरीले आफूसँगको सुरुवाति सोधपुछमा उनीहरूले घटनामा आफूहरू संलग्नता नरहेको बयान दिएपनि अनुसन्धानको क्रममा घटना घटेको समयमा उनीहरूको त्यहाँ उपस्थितिदेखि पीडितको स्वास्थ्य परीक्षणका क्रममा डीएनए सेम्पल म्याच भएको प्रहरीले जनाएको छ। साथै घटना घटेलगत्तै फयालले पीडित विद्यार्थीलाई इन्ष्टाग्राममा रिक्वेष्टसहित उनको स्वास्थ्य अवस्थाबारे चासो राखेर म्यासेज पठाएको प्रहरीले उल्लेख गरेको छ।एजेन्सी

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!