२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

सशस्त्र प्रहरी बल,नेपालले २८ जना प्रहरी निरीक्षकहरु माग गर्‍यो दर्खास्तको आह्वान,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, फाल्गुण १६, २०८१

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालले २८ जना प्रहरी निरीक्षक माग गरेको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालय मानव श्रोत विभाग, भर्ना तथा छनोट शाखा हलचोकले शुक्रबार एक सूचना जारी गरी २८ जना प्रहरी निरीक्षकका लागि दरखास्त आह्वान गरेको हो ।सशस्त्र प्रहरीको रिक्त रहेको साधारण समूह, कानुन उपसमूह र लेखा उपसमूहतर्फका पदमा खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्न लागिएको सूचनामा उल्लेख छ ।

जसमा कानुन उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक ८ जना, लेखा उपसमूहतर्फ सशस्त्र प्रहरी निरीक्षक २८ जना माग गरिएको छ ।

योग्यता पुगेका इच्छुक व्यक्तिले फागुन १८ गतेदेखि चैत १९ गतेसम्म अनलाइन मार्फत दरखास्त दिन सक्ने छन् । अनलाइनमार्फत दरखास्त दिए पनि चैत २२ गतेसम्म भौतिक रुपमै उपस्थित भएर सक्कलै दरखास्त बुझाउनुपर्ने मानवस्रोत विभागले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!