११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपात जारी,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको विजयपुरमा ७४.४ मिलिमिटर र नाग्ममा ७२ मिलिमिटर मापन गरिएको छ । अन्य स्थानहरूमा बाजुरामा २९.६, जुम्लामा ४७.७, तथा डडेल्धुरामा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौ उपत्यकासहित मुगु, हुम्ला, बैतडी, डोटी, डोल्पा, म्याग्दी, पाल्पा, नुवाकाेट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा पनि वर्षा भएको छ । तराई मधेशमा भने बिहान केही समय हुस्सु लाग्ने र दिउँसो हट्ने अनुमान गरिएको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा अधिक बदली रहनेछ भने अन्य भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

मौसमविद्हरूका अनुसार आजदेखि प्रि-मनसुनको सुरुवात भइसकेको छ । साथै, पश्चिमी प्रणालीको प्रभाव कायमै रहेकाले वर्षा र हिमपातको सम्भावना रहन्छ । यद्यपि, आज बेलुका आंशिक रूपमा मौसम खुल्नेछ भने भोलिदेखि पूर्ण रूपमा सफा हुने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले (मंगलबार बिहान) देशका पहाडी र तराई क्षेत्रमा साधारणतया र हिमाली भेगमा आंशिक बादल लागिरहेको छ। अनि कोसी प्रदेशका थोरै र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ। हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भागतर्फ सरदर स्थानभन्दा दक्षिण र पश्चिमी भेगतर्फ सरदर स्थान आसपास रहेको मौसमविद्ले […]

शुक्रबार केहि जिल्लाहरुमा बर्षा हुने, काठमाडौं । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी, मधेस, बागमती र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली तथा पहाडी भूभागमा साधरणतया बादल र तराई भूभागमा मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी […]

काठमाडौं । कोसी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बादल लागेको छ भने बाँकी तराईमा भूआंशिक बादल लागेको छ। अनि कोसी प्रदेशका थोरै स्थान, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो हिमाली र पहाडी भेगमा साधारणतया […]

error: Content is protected !!