२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपात जारी,

Logo
ABC-Sanchar प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे ।

सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको विजयपुरमा ७४.४ मिलिमिटर र नाग्ममा ७२ मिलिमिटर मापन गरिएको छ । अन्य स्थानहरूमा बाजुरामा २९.६, जुम्लामा ४७.७, तथा डडेल्धुरामा ४७.४ मिलिमिटर वर्षा भएको छ ।

काठमाडौ उपत्यकासहित मुगु, हुम्ला, बैतडी, डोटी, डोल्पा, म्याग्दी, पाल्पा, नुवाकाेट, सिन्धुपाल्चोक, काभ्रेलगायतका जिल्लामा पनि वर्षा भएको छ । तराई मधेशमा भने बिहान केही समय हुस्सु लाग्ने र दिउँसो हट्ने अनुमान गरिएको छ ।

आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, र गण्डकी प्रदेशमा अधिक बदली रहनेछ भने अन्य भागहरूमा आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ ।

मौसमविद्हरूका अनुसार आजदेखि प्रि-मनसुनको सुरुवात भइसकेको छ । साथै, पश्चिमी प्रणालीको प्रभाव कायमै रहेकाले वर्षा र हिमपातको सम्भावना रहन्छ । यद्यपि, आज बेलुका आंशिक रूपमा मौसम खुल्नेछ भने भोलिदेखि पूर्ण रूपमा सफा हुने जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जानकारी दिएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । यस्तै परिवेशमा आफूलाई स्थापित गर्न सफल भएकी छन्, माधवा शर्मा पोखरेल । उनी नेपालको पश्चिम क्षेत्रमा सक्रिय महिला हुन् । ज्योतिषमा स्नातकोत्तर (आचार्य) तहको अध्ययन गरेर उनले आफ्नो निजी कार्यालयमार्फत ग्रह गणनादेखि भविष्यवाणी र मोटिभेसनल गाइडेन्स जस्ता विविध सेवा दिइरहेकी छन् । ज्योतिषशास्त्र पढाइतर्फ कसरी आकर्षित हुनुभयो ? यो विषयमा आकर्षण भयो भन्नुभन्दा […]

दाङ लगायत देशका विभिन्न जिल्लामा हाल वर्षा उच्च पहाडी क्षेत्रमा हिमपा सम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणाली र पश्चिमी वायुको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, कोशी र बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षा भइरहेको हाे । सुदूरपश्चिम र कर्णाली प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै वर्षा कालीकोटको […]

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, […]

error: Content is protected !!