२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

नुवाकोटको विभिन्न भेगमा हिमपात बर्षा,

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

काठमाडौं । जिल्लास्थित किस्पाङको लेक, ककनी, दुप्चेश्वर, शिवपुरी लगायतका स्थानमा हिमपात भएपछि हिउँ खेल्न र अवलोकन गर्न आउनेहरूको भिड लागेको छ। काठमाडौं नजिक भएकाले राजधानीबाट समेत पर्यटकहरू हिमपात अवलोकनका लागि नुवाकोट पुगेका छन्।

पश्चिमी वायुको प्रभावका कारण जाडोयाम सकिन लाग्दा परेको पानीपछि नुवाकोटका विभिन्न स्थान हिउँले ढाकिएका छन्। विशेष गरी किस्पाङ गाउँपालिकाको फिकुरी लेक, ककनी, शिवपुरी, सिक्रे, माथिल्लो भाल्चे, काहुले, घ्याङफेदी, उर्लेनी लगायतका क्षेत्रमा बाक्लो हिमपात भएको छ।

हिमपातका कारण उच्च भेगमा तापक्रम घटेपछि चिसो अत्यधिक बढेको छ। सर्वसाधारण चोकचोकमा भेला भएर दाउरा बालेर न्यानो तापिरहेका छन् भने हिउँदे बाली अन्न तथा तरकारी खेती गरेका किसानहरू भने खुसी देखिएका छन्। चिसोको प्रभावलाई मध्यनजर गर्दै स्थानीयलाई न्यानो रहन र तातो खानेकुरा सेवन गर्न सुझाव दिइएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!