२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

कोहलपुरका मेयर पूर्ण आचार्यका बिरुद्धमा साईबर अपराध मुद्दा दर्ता गर्ने तयारी, प्रहरी

Logo
ABC (क्राईमबिट) प्रकाशित शनिबार, फाल्गुण १७, २०८१

बाँके । कोहलपुरका मेयर आचार्य बिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा अभियोग दर्ता गर्न लागिएको हो । साइबर ब्युरोले मेयर आचार्य माथि अनुसन्धान सुरु गरेको छ भने अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उहाँ बिरुद्ध अभियोगपत्र दायर गर्ने स्रोतले जनाएको छ।

सरकारी वकिलले उहाँ बिरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा ९१० अन्तर्गतको कसुरमा सजाय हुन मागदावी पेश गर्ने छ । दफा ९४७०को ९२० अनुसार उनलाई थप सजाय हुन मागदावी गर्ने गरी तयारी भइरहेको छ ।

फाल्गुन १६ गते बिहान बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल विरुद्ध सामाजिक सञ्जाल मार्फत कपोलकल्पित आरोप लगाउदै स्टाटस लेखे पछि प्रजिअ रिजालले मेयरलाई चेतावनी दिनु भएको थियो तर आरोप प्रमाणित गर्न नसके पछि माफि मागेर मुद्दाबाट जोगिने प्रयास थालेको सूचना बाहिरिएको छ । तर सामाजिक संजाल प्रयोगकर्ताको दबाब पछि प्रहरीले अनुसन्धान सुरु गरेकोले आइतवार मुद्दा दर्ता गरि मेयर लाई पक्राउ गर्न सक्ने स्रोतले जनाएको छ ।

के छन् कानुनी प्रावधान ?

कुनै व्यक्तिको चरित्र हत्या गर्नु समाजिक अपराध हो । यो मानिसको हत्याभन्दा पनि ठूलो हत्या हो । नेपाल सरकारको विद्युतीय ९इलेक्ट्रोनिक० कारोबार ऐन, २०६३ को परिच्छेद ९ को ४७ को १ अनुसार कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चार माध्यमहरू मार्फत सार्वजनिक नैतिकता, शिष्टाचारविरुद्ध अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपियाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था भएकोले सोही बमोजिम बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको बिरुद्ध बिना प्रमाण कपोलकल्पित रुपमा स्टाटस लेख्ने कोहलपुरका मेयर माथि मुद्दा लाग्न सक्ने देखिन्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!