२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

विभिन्न जिल्लाहरुबाट नेपाल प्रहरीका घुमुवाहरु छानबिनमा तानिए,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

काठमाडौं । नेपाल प्रहरीकाे महानिरीक्षक मातहतको उजुरी छानबिन शाखाले केही प्रहरी कर्मचारीलाई छानबिनका लागि तानेको छ। उनीहरूकाे बारेमा धेरै उजुरी र गुनासोहरू परेपछि छानबिनका लागि तानेको शाखाले जानकारी दिएको छ । छानबिनका लागि तानिएकाहरूमा पर्साबाट असई प्रमाेद सिंह , मकवानपुरबाट बरिष्ठ हवल्दार खुस बहादुर बस्नेत र घुमुवा सहायक हवल्दार जीत बहादुर खड्का र मधेस प्रदेश प्रहरी कार्यालयबाट सहायक हवल्दार भाेगेन्द्र पासवान रहेको समेत थाहा भएको छ । मकवानपुरबाट तानिएका सहायक हवल्दार जीत बहादुर खड्का पहिले बांकेमा घुमुवा रहेको र धेरै उजुरी परेपछि मुख्यालयमा नै छानबिनका लागि तानिएका थिए । त्यसपछि कारबाही स्वरूप उनलाई हेटौंडा गणमा खटाइएको थियो । गणमा हालिएका उनलाई मकवानपुर जिल्लामा काजमा ल्याएर घुमुवाकाे रूपमा परिचालन गरिए पछि उनी उठन्तीमा रहेको भन्दै उनी बिरूद्व उजुरी परेपछि फेरि छानबिनका लागि तानिएको बताइएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!