२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

ठगीको आरोपमा धनगढीकि एक महिला काठमाडौं नयाँ बानेश्वरबाट पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

काठमाडौँ । ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौँको नयाँ बानेश्वरस्थित गैरीगाउँबाट एकजना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्ने महिला कैलालीको धनगढी उपमहानगरपालिका–१ बस्ने कल्पना गैरे हुन् ।जबरजस्ती चोरी गरेर ठगी तथा आपराधिक लाभ लिएको कसुरमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीविरुद्ध २०८१ फागु १५ मा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
शुक्रवार अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर कल्पनालाई थप अनुसन्धान र कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौँमा बुझाएको थियो । काठमाडौँका एसएसपी विश्व अधिकारीले उनलाई अस्पताल बस्ने सुविधा दिएका छन् । कल्पनालाई अल्का अस्पतालमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले बताए । पहुँच नभएका व्यक्तिहरू पक्राउ पर्दा प्रहरीले अस्पताल बस्ने सुविधा दिँदैन । अस्पतालमा पठाउँदा निश्चित प्रक्रिया पुरा गर्नुपर्ने कार्यविधि भएपनि कल्पनाको हकमा सो कार्यविधि लत्याइएको प्रहरी अधिकृत बताउँछन् । उनलाई अस्पताल राखिएको बारेमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले अनभिज्ञता जनाए । उनले भने, ‘अपराध महाशाखाले पक्राउ गरेको रहेछ, अस्पतालको कुरा म बुझ्छु ।’
कल्पनाविरुद्ध गणेश ढकालले जाहेरी दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँको मुद्दा शाखाका अधिकृतहरूले आफूलाई फोन गरेर ‘किन झुटा मुद्दामा जाहेरी दिएको ?’ भनेर हप्काएको ढकालले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!