२२ बैशाख २०८३, मंगलबार
05-05-2026 , Tue
×

बिरगंज नाकाबाट धान र चामलको आयातमा उच्च वृद्धि,

Logo
ABC (क्राईमबिट) प्रकाशित आइतबार, फाल्गुण १८, २०८१

 

पर्सा । बिरगंज नेपाल कृषिप्रधान मुलुक भए पनि धान र चामलको आयात बढ्दै गएको छ। चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै ८ अर्ब ६८ करोड रुपैयाँ बराबरको २२ करोड ६४ लाख ८ हजार २९ किलोग्राम धान आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ७२ प्रतिशतले वृद्धि हो।

गत आर्थिक वर्षको सोही अवधिमा यो नाका हुँदै ४ अर्ब ९१ करोड रुपैयाँ बराबरको १३ करोड १८ लाख ५९ हजार ४१६ किलोग्राम धान आयात भएको थियो। वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी अमित तिवारीका अनुसार चालु आवमा धानसँगै चामलको आयात पनि उल्लेख्य रूपमा बढेको छ।

चालु आवको सात महिनामा १ अर्ब ३५ करोड रुपैयाँ बराबरको १ करोड ३३ लाख ७४ हजार ८२६ किलोग्राम चामल आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा १ अर्ब ६ करोड रुपैयाँ बराबरको ८१ लाख १७ हजार १३० किलोग्राम चामल आयात भएको थियो।

त्यस्तै, मकैको आयातमा भने सामान्य गिरावट देखिएको छ। चालु आवको सात महिनामा वीरगञ्ज नाका हुँदै २ अर्ब ९६ करोड रुपैयाँ बराबरको ५ करोड ७७ लाख १४ हजार ५८३ किलोग्राम मकै आयात भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा थोरै कम हो। गत आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको ६ करोड ६० लाख ४९ हजार ९७२ किलोग्राम मकै आयात भएको थियो।

नेपाल कृषि प्रधान देश भए पनि बर्सेनि खाद्यान्न आयातमा निर्भर रहनु पर्ने स्थिति रहेको छ। आयातको यो दर निरन्तर बढ्दै जाँदा देशको व्यापार घाटा पनि बढ्दै गएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । ड्युटीमा खटिएका महिला प्रहरीलाई अश्लिल ढंगले गाली गलौज गरेको आरोपमा प्रहरीले कपिलवस्तुबाट दुई युवती र तीन युवकलाई पक्राउ गरेको छ। शिवराज नगरपालिका- ५ स्थित चन्द्रौटा कृष्णनगर सडक खण्डमा रहेको होटेल प्याराडाईको अगाडि रातको समयमा होहल्ला गरेर हिँडिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी निरीक्षक देवेन्द्र राज जोशीले जानकारी दिए। राति […]

बाँके । प्रहरीले सोमबार नेपालगंज उपमहानगरपालिका ४ का ३० बर्षीय अजय कुमाल र डुडुवा गाउँपालिका ४ का २६ बर्षीय अनिल खटिक पक्राउ गरेको हो । कुमालले अजय मगर नामको टिकटक आइडीबाट खटिकले अनिल सोनखर नामको टिकटक आइडीबाट हातमा खुकुरी समातेको भिडियो आफ्नो सामाजिक संजाल टिकटकमा पोष्ट गरेका थिए । जिल्ला प्रहरी प्रबक्ता डिएसपी दीपक पातलीले […]

बाँके । नेपालगञ्जस्थित नेपाल–भारत सीमानाको जमुनाहा नाकामा भारत सरकारले निर्माण गरेको अत्याधुनिक नेपाल–भारत मैत्रीद्वार निर्माण गरेको छ । यो द्वार अहिले निर्माणको अन्तिम चरणमा पुगेको र केही समयपछि यसको औपचारिक उदघाटन गरिने भारतीय अधिकारीहरुले जनाएका छन् । भारततर्फ भव्य र आधुनिक मैत्रीद्वारको निर्माण गरिएपछि नेपालतर्फ रहेको निकै पुरानो द्वारलाई पनि नयाँ तरिकाले बनाउनुपर्ने माग गरिएको […]

error: Content is protected !!