१४ आषाढ २०८३, आइतबार
28-06-2026 , Sun
×

बाजुरामा विद्यार्थीहरु हिउँमाथि पढदै

Logo
प्रकाशित शनिबार, पुष ०५, २०७६

एबिसी संचार
बाजुरा पुस ५ गते साताको हिमपातका कारण बाजुराको हिमाली क्षेत्रका दर्जन बढी विद्यालयको पढाई प्रभावित भएको छ। हिमपातले जिल्लाका हिमाली गाउँपालिका, बुढिनन्दा नगरपालिका, बडिमालिका नगरपालिका र गौमुल गाउँपालिकामा रहेका अधिकांश विद्यालयको पढाई प्रभावित भएको हो।
वर्षासंगै तीन दिन सम्मको लगातारको हिमपातका कारण पठनपाठनमा समस्या भएको बडिमालिका नगरपालिका ७ को सरस्वती आधारभुत विद्यालयका शिक्षक बलबहादुर रोकायाले बताए। तैपनी विद्यार्थीहरुको पढाई छुट्ने भएकाले जसोतसो गरेर भएपनि अध्यापन जारी राखिएको जनाए।
विद्यालयको आर्थिक स्थिती कमजोर भएका कारण कक्षाकोठाको व्यवस्थापनमा समेत समस्या भएको प्रधानाध्यापक हस्त बहादुर धामीले वताए। दुई दिनमै तीनचार फुट हिउँ जमेको कारण यो वर्ष बढी चिसो छ। स्थानीयलाई दैनिक कामकाज गर्न पनि सकस परेको छ।
हिउँले पूरै गाउँ ढाकेको छ। आगो तापेर बस्नु बाहेकको विकल्प नभएको प्रअधामीले वताए। हिमाली गाउँपालिका, गौमुल गाउँपालिका, बुढिनन्दा नगरपालिका र बडिमालिका नगरपालिकाका क्षेत्रका अधिकांश विद्यालयका बालबालिका हिमपातका कारण घरमै बस्ने गरेका कारण धेरै ठाउँमा पठनपाठन गर्न नसकिएको शिक्षा समन्वय ईकाइ बाजुराले जनाएको छ।
शुक्रबारदेखि हिमाली क्षेत्रका विद्यालय बन्द गरिएको भएपनि केही स्थानमा भने दाउरा बालेर भएपनी पढाई सुचारु गरिएको छ। हिमाली गाँउपालिका वडा नम्बर १ २ र ३ बिच्छँयाका धेरै विद्यालय भने बन्द भईसकेका छन्। हिमपातका कारण मार्तडी कोल्टी आवातजावतमा अवरोध भएको छ।
पोरखे लेकमा बाक्लो हिउँ जमेपछी सवारी साधन समेत चल्न सकेका छैनन् भने दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या भएको व्यापारी नवराज कुवँरले बताए। अघिल्लो वर्ष हिमपातका कारण पोरखेमा हिउँ जमेपछी तीन महिना सम्म सडक अवरुद्ध भएको थियो। यस पटक परेको हिउँकै कारण एक हप्ता पछि मात्रै सडक सञ्चालन हुनेसक्ने यातायात व्यवसायी शंकर मल्लले वताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सुनौली-बेलहिया भनेको नेपाल-भारतको सबैभन्दा व्यस्त अन्तर्राष्ट्रिय नाका हो। दैनिक हजारौं पर्यटक, व्यापारी, एम्बुलेन्स, गाडी यही बाटोबाट जान्छन्। त्यस्तो नाकाको बाटो १ महिना “अलपत्र” पारेर राख्नु कुनै पनि हिसाबले उचित होइन। १ महिना सडक अलपत्र राख्दाको समस्या पर्यटकको छवि बिग्रिन्छ विदेशी पाहुनाले नेपाल छिर्नासाथै धुलो, खाल्डो, जाम भेट्छन्। “नेपाल आयो” भन्ने पहिलो अनुभूति नै […]

दाङ । लुम्बिनी प्रदेश विपद् व्यवस्थापन गुल्म, तुलसीपुर दाङबाट पाल्नुभएका प्रहरी सहायक निरीक्षक ऐन कुमार थापाज्यूको नेतृत्वमा रहेको दक्ष प्राविधिक टोलीले उक्त प्रशिक्षण प्रदान गरेको हो। ​दिउँसो २:०० बजेदेखि ४:०० बजेसम्म सञ्चालित यस कार्यक्रममा विद्यालयका कक्षा ८ देखि १२ सम्मका विद्यार्थीहरू, शिक्षक-शिक्षिका तथा कर्मचारीहरू गरी जम्मा २५० जनाको सक्रिय सहभागिता रहेको थियो। ​प्रशिक्षणका मुख्य विषयहरू: […]

काठमाडौं । गौसलादेखि मित्रपार्क हुँदै चाबेलसम्मको अस्तव्यस्त व्यवस्थापन सवारी साधनलाई सम्हालेपछि उनले थुप्रै सुधारका कार्यहरू अगाडि बढाउँदै थिए । तर, त्यही बीचमा देशमा भएको जेनजी आन्दोलनको राप र तापले गौशाला वृत्तलाई पनि अछुतो राखेन। आन्दो’लनका क्रममा आफ्नै कार्यक्षेत्र र कार्यालय का तल्लो दर्जाका प्रहरीहरूको सवारी जलेर नष्ट भए जुन कुनै पनि कार्यालय प्रमुखका लागि एउटा […]

error: Content is protected !!