२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

बर्दिया पशुपतिनगर प्रहरी चौकीको नयाँ भवन उद्घाटन

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

महेन्द्र सिंह
बर्दिया पुस ६ गेरूवा गाउँ पालिकाकोको कार्यालयको सहयोगमा गाउँपालिकाको केन्द्र गेरूवा ५ पथरैयामा नवनिर्मित पशुपतिनगर प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत नवनिर्मित चौकी भवनको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले शनिबार उद्घाटन गरेका हुन्। गेरूवा गाउँपालिका कार्यालयको १६ लाख अनुदान सहयोग र स्थानीय जन सहभागिता ३लाख ४हजार ४२३ गरी जम्मा १९लाखको लागतमा सहयोगमा उपभोक्ता समितिले प्रहरी चौकी भवन निर्माण गरेको हो । ३ कोठे भवनमा कार्यालय, व्यारेक, मेष र शौचालय रहेको छ ।
कार्यक्रममा प्रजिअ प्रेम लाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, गेरूवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्दै प्रहरी चौकी स्थापनाले पथरैया का नागरिक,जनप्रतिनिधि,क­र्मचारी सबैले सुरक्षाको अनुभूति गरी विकासले गति लिने विश्वास व्यक्त गरे। उनीहरूले चौकी स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका गेरूवा ४ घर भई हाल गृहमन्त्रालयमा सूचना अधिकारी रहेका उमाकान्त अधिकारीलाई धन्यवाद समेत दिए। गेरूवा गाउँपालिकाकी उपाध्यक्ष हिमा चौधरी, वडा अध्यक्ष हरु टेक बहादुर चौधरी, दया राम वैद्य, खुसीराम चौधरी, राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका उप अनुसन्धान निर्देशक योगेन्द्र केसी, सशस्त्र प्रहरी उपरीक्षक यादव बि क, लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे, गेरूवा कर्णाली पोष्टका सन्तोष पौडेल कान्तिपुर दैनिकका उप संपादक कमल पन्थी लगायत उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!