१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बर्दिया पशुपतिनगर प्रहरी चौकीको नयाँ भवन उद्घाटन

Logo
प्रकाशित आइतबार, पुष ०६, २०७६

महेन्द्र सिंह
बर्दिया पुस ६ गेरूवा गाउँ पालिकाकोको कार्यालयको सहयोगमा गाउँपालिकाको केन्द्र गेरूवा ५ पथरैयामा नवनिर्मित पशुपतिनगर प्रहरी चौकी भवनको उद्घाटन गरिएको छ। समुदाय प्रहरी साझेदारी अन्तर्गत नवनिर्मित चौकी भवनको बर्दियाका प्रजिअ प्रेमलाल लामिछानेले शनिबार उद्घाटन गरेका हुन्। गेरूवा गाउँपालिका कार्यालयको १६ लाख अनुदान सहयोग र स्थानीय जन सहभागिता ३लाख ४हजार ४२३ गरी जम्मा १९लाखको लागतमा सहयोगमा उपभोक्ता समितिले प्रहरी चौकी भवन निर्माण गरेको हो । ३ कोठे भवनमा कार्यालय, व्यारेक, मेष र शौचालय रहेको छ ।
कार्यक्रममा प्रजिअ प्रेम लाल लामिछाने, प्रहरी उपरीक्षक राजेश नाथ बास्तोला, गेरूवा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत काशी प्रसाद पंगेनी लगायतले मन्तब्य ब्यक्त गर्दै प्रहरी चौकी स्थापनाले पथरैया का नागरिक,जनप्रतिनिधि,क­र्मचारी सबैले सुरक्षाको अनुभूति गरी विकासले गति लिने विश्वास व्यक्त गरे। उनीहरूले चौकी स्थापनामा महत्त्वपूर्ण भूमिका खेलेका गेरूवा ४ घर भई हाल गृहमन्त्रालयमा सूचना अधिकारी रहेका उमाकान्त अधिकारीलाई धन्यवाद समेत दिए। गेरूवा गाउँपालिकाकी उपाध्यक्ष हिमा चौधरी, वडा अध्यक्ष हरु टेक बहादुर चौधरी, दया राम वैद्य, खुसीराम चौधरी, राष्ट्रिय अनुसन्धान कार्यालय बर्दियाका उप अनुसन्धान निर्देशक योगेन्द्र केसी, सशस्त्र प्रहरी उपरीक्षक यादव बि क, लुम्बिनी पत्र दैनिकका प्रकाशक यम घिमिरे, गेरूवा कर्णाली पोष्टका सन्तोष पौडेल कान्तिपुर दैनिकका उप संपादक कमल पन्थी लगायत उपस्थित थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!