०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

एसएसपी थापाको गुन्डागर्दी माथि एक्सन सुरु दुईजना पक्राउ

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

सागर थापा
महानगरीय अपराध नियन्त्रण महाशाखा काठमाडौं टेकुले गुण्डागर्दीमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा नवलपुर देवचुलीका दुर्गा भन्ने देवान राई र काभ्रे नमोबुद्ध नगरपालिकाका विष्णुबहादुर धिताल रहेको अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सहकुलबहादुर थापाले जानकारी दिनुभएको छ ।
उनका अनुसार उनीहरुले काठमाडाैं उपत्यकामा सर्वसाधारण मानिस तथा व्यापारीलाई फोनमार्फत धम्क्याएर रकम माग गर्ने र नदिएमा हातहतियार देखाइ ज्यान मार्ने तथा हातखुट्टा भाँचिदिने धम्की दिँदै आएका थिए। उनीहरु विरुद्ध उजुरीसमेत परेको जनाइएको छ।
आइतबार पक्राउ परेका उनीहरुलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]

  बाँके । चाडपर्वको समयमा सुरक्षित यात्रा सुनिश्चित गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनक शाहीको कमाण्डको ट्राफिक प्रहरी टोलीले बाँके नेपालगन्ज राँझा,रत्न राजमार्गमा विशेष चेकजाँच गरेको थियो। १७१ वटा सार्वजनिक सवारी चेकजाँच* गर्दा ६२ वटा अतिरिक्त सिट/मुढा फेला पारी निकालिएको छ र ट्राफिक नियम उल्लंघन गर्ने ३५ वटा सवारीलाई कारबाही* […]