१० आषाढ २०८३, बुधबार
24-06-2026 , Wed
×

जनकपुरमा नक्कली बम’ आतंक जनताहरु आतंकित

Logo
प्रकाशित सोमबार, पुष ०७, २०७६

धनुषा पुस ७ जनकपुरमा विभिन्न चार स्थानमा शंकास्पद बस्तु फेला परेको दोस्राे हप्तामै नक्कली बम राखिएकाे छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ नेपाल राष्ट्र बैंक र संघीय प्रहरी इकाई कार्यालय नजिकै रहेको शुक्रबारी बजार अगाडि फेला परेको शंकास्पद बस्तु नक्कली बम रहेको पुष्टि प्रहरीले गरेको छ ।
आइतबार राति १२ बजेदेखि नै देखा परेको नक्कली बमलाई धनुषाको महेन्द्रनगरस्थित नेपाली सेनाको टोलीले बिहान साढे ९ बजे डिस्पोज गरेका हुन् । जिल्ला प्रहरी धनुषाका प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले दिएको जानकारीअनुसार तर्साउनलाई बम जस्तै तार झुण्ड्याइएकाे पुत्लाको डेन (टाउको) रहेको थियो ।
डिस्पोज गर्दा त्यसमा केही हाडका टुक्रा र त्यसमा तारहरु झुण्डिएको फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो । स्थानीय नागरिकलाई त्रास फैलाउन कुनै समूहले यस्तो कार्य गरेको हुन सक्ने बताउँदै उहाँले अनुसन्धान भइरहेको बताउनुभयो
शंकास्पद बस्तु रहेको ठाउँमा प्रहरी परिचालन गरी घेरा दिएर आउने जाने सर्वसाधारणलाई रोक लगाइएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । मलको अभाव सरकारले समयमै मल आयात/वितरण गर्न नसक्दा चैते धान, तरकारी लगाउने बेलामा किसानले मल पाउँदैनन्। सहुलियत मल डिलरमार्फत मात्र आउँदा सीमित डिपोमा भीड हुन्छ। कालोबजारीको डरले पनि किसान पहिले लाइन बस्छन्। अनलाइन/सहकारीबाट दर्ता गर्ने भनिए पनि गाउँका धेरै किसानलाई त्यो सिस्टम पुगेको छैन। अन्तमा आएर लाइनमै पर्नुपर्छ। तातोमा, घाममा, पानी नपिई लाइन […]

दाङ । घोराही जिल्ला प्रहरी कार्यालय दाङले जेठ महिनाको कामको प्रगति सार्वजनिक गर्न पत्रकारहरूसँग भेटघाट कार्यक्रम गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख *प्रहरी उपरीक्षक दिपक श्रेष्ठको उपस्थितिमा प्रगति विवरण कार्यालयका प्रहरी नायव उपरीक्षक डा. हेम बहादुर के.सी.ले जेठ महिनाभर प्रहरीले गरेका कामको मासिक रिपोर्ट प्रस्तुत गर्नुभयो। अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, सामुदायिक प्रहरी साझेदारी, चोरी-पैठारी […]

दाङ । शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश फैलाउने उद्देश्यले मेचीदेखि महाकालीसम्मको नेपाल साइकल यात्रा पूरा गरी गृहनगर फर्किएका युवा साइकल यात्री बर्सात क्षेत्रीलाई मङ्गलबार घोराहीमा विशेष सम्मान गरिएको छ। घोराही बनाऔँ अभियानको आयोजनामा सम्पन्न सम्मान कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन […]

error: Content is protected !!