०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

४ लाख नगदसहित तीनजना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

पर्सा पुस १० स्रोत खुलाउन नसकिएको चारलाख रकमसहित दुई भारतीय र एक नेपाली नागरिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पुर्वी चम्पारण रक्सौल वडा नं.१० बस्ने ४४ वर्षीय सुशील कुमार शर्मा र वडा नम्बर ४ बस्ने १८ वर्षिय सरोजनी कुमारी र बिरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित आकृति कस्मेटीक पसलको साहु राज कुमार अग्रवाल रहेका छन्।
भारतको रक्सौलबाट बीरगंज तर्फ ना.२९.प.८५९५ नम्बरको मोटरसाईकल.चढी आउदै गरेका शर्मा र सरोजनीलाई बिरगञ्ज १६ रजत जयन्ती चोकबाट प्रहरीले चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथमा रहेको चार लाख रकम सम्बन्धी प्रहरीले सोधपुछ गर्दा उनीहरुले बिरगञ्ज १० आदर्शनगर स्थित आकृति कस्मेटीक पसलको साहु अग्रवाललाइ दिन जादैछु भनी बताएका थिए।
पछि प्रहरीले अग्रवाललाई समेत खोज तलास गर्दै जाँदा पसलको अगाडी सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]