१० साउन २०८३, आइतबार
26-07-2026 , Sun
×

४ लाख नगदसहित तीनजना पक्राउ

Logo
प्रकाशित बिहिबार, पुष १०, २०७६

पर्सा पुस १० स्रोत खुलाउन नसकिएको चारलाख रकमसहित दुई भारतीय र एक नेपाली नागरिकसहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी पुर्वी चम्पारण रक्सौल वडा नं.१० बस्ने ४४ वर्षीय सुशील कुमार शर्मा र वडा नम्बर ४ बस्ने १८ वर्षिय सरोजनी कुमारी र बिरगञ्ज महानगरपालिका वडा नम्बर १० आदर्शनगर स्थित आकृति कस्मेटीक पसलको साहु राज कुमार अग्रवाल रहेका छन्।
भारतको रक्सौलबाट बीरगंज तर्फ ना.२९.प.८५९५ नम्बरको मोटरसाईकल.चढी आउदै गरेका शर्मा र सरोजनीलाई बिरगञ्ज १६ रजत जयन्ती चोकबाट प्रहरीले चेकजाँच गर्नेक्रममा पक्राउ गरेको हो।
पक्राउ परेका उनीहरुको साथमा रहेको चार लाख रकम सम्बन्धी प्रहरीले सोधपुछ गर्दा उनीहरुले बिरगञ्ज १० आदर्शनगर स्थित आकृति कस्मेटीक पसलको साहु अग्रवाललाइ दिन जादैछु भनी बताएका थिए।
पछि प्रहरीले अग्रवाललाई समेत खोज तलास गर्दै जाँदा पसलको अगाडी सडकमा घुमफिर गरिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
पक्राउ परेका तीनैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउने अभियानअन्तर्गत साउन १ देखि ८ गतेसम्म जिल्लाका विभिन्न स्थानमा खोजतलास गरी फरार प्रतिवादीहरूलाई पक्राउ गरेको  बाँके प्रहरीले जनाएको छ। पक्राउ परेका १९ जनाबाट ३ वर्ष ९ महिना २८ दिन कैद सजाय कार्यान्वयनका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ। साथै उनीहरूबाट रु.३ लाख ११ हजार […]

काठमाडौं । सामाजिक सञ्जाल वा सोशल मिडिया भनेको विभिन्न इलेक्ट्रोनिक माध्यमहरू हुन् जसमा व्यक्ति र समुदायले अन्तरक्रिया र जानकारी साझा गर्न सक्छन्। आजको आधुनिक दुनियाँमा यी सञ्जालहरू विभिन्न प्लेटफर्महरूमा उपलब्ध छन्। जसमा फेसबुक, इन्स्टाग्राम, ट्वीटर, लिंक्डइन, टिकटक, युट्युब, टम्ब्लर, र रेडिट जस्ता वेबसाइटहरू सामेल छन्। यी सञ्जालहरूले व्यक्तिलाई एकसाथ जोड्न, सामाजिक, राजनीतिक, सांस्कृतिक र मनोरञ्जनीय […]

काठमाडौं । टाउको दुख्नुका पछाडि धेरै नै कारण हुन सक्छन् जस्तै अत्यधिक तनाव, डिहाइड्रेशन वा कुनै प्रकारको रोग । तर, प्रायः दुखिरहन्छ भने ध्यान दिन जरुरी हुन्छ । किनकी केही तत्वको कमीले पनि टाउको दुख्ने समस्या हुन सक्छ । म्याग्नेशियमको कमी टाउको दुख्नुको आम कारणमा पर्छ । यसका लागि आहारमा म्याग्नेशियमको मात्रा बढाउन जरुरी हुन्छ […]

error: Content is protected !!