२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङको राप्ती गाउँपालिकाको स्यानीघोषमा सञ्चालनमा नआउदै मगर होमस्टेको उद्घाटन

Logo
प्रकाशित मंगलबार, पुष १५, २०७६

ओमप्रकाश गुप्ता
सिसहनियाँ १५ पुस दाङ देउखुरीको सुगम ठाउँको दुर्गम गाउँ राप्ती गाउँपालिका २ स्यानीघोषमा मगर होमस्टे सञ्चालनमा नअाउँदै उद्घाटन गरिएको छ । राप्ती गाउँपालिकाको २ नम्बर वडा कार्यालयले आइतबार एक कार्यक्रमको आयोजना गरेर होमस्टेको उद्घाटन गरेको छ । कुल २४ घरधुर रहेको सो गाउँ मगरबस्ती हो । कार्यक्रम स्थलमा एउटा बनकसले छाएको छानोको घरमा मगर होमस्टेको बोर्ड राखिएको छ तर भित्र कोठा पुरै खाली छ । वरिपरि हेर्दा न शाैचालय छ नत खानेपानी नै समस्या समस्यामै दिन रात बिताइरहेका ति बस्तीका बासिन्दा, गाउँका अगुवा र टोल विकास समितिका अध्यक्ष कसैलाई पनि थाहा छैन कति वटा घरमा होमस्टे सञ्चालन हुँदै छ र कति बजेट हो भन्ने कुरा। यस विषयमा वडा अध्यक्ष जगतबहादुर थापा सँग जिज्ञासा राख्दा होमस्टे सञ्चालनको प्रक्रियामा रहेको बताउदै अावासीय हुन नसके पनि दिवाकालिन रूपमा सञ्चालनमा अाएको बताए । उनले खानेपानी र शाैचालय निमार्ण हुना साथ अावासीय हुने बताएका छन् । वडा अध्यक्ष जगतबहादुर थापाको अध्यक्षता एवम् प्रदेश नम्बर ५ का प्रदेश सभा सदस्य इन्द्रजित चाैधरीको प्रमुख अातिथ्यतामा भएको होमस्टे उद्घाटन कार्यक्रममा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदी ,उपाध्यक्ष जगदम्बाकुमारी चाैधरी,प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का धर्मराज अधिकारी,नेपाली कांग्रेसका राप्ती गाउँपालिका सभापति दुर्योधन पाण्डे , राजमोका रमेशमान गुरूङ, भालुवाङ होटल व्यवसायी समितिका अध्यक्ष महेश बेल्वासे, वन महासंघ राप्ती गाउँपालिका अध्यक्ष हरि भुसाल राप्ती उद्योग वाणिज्य संघ भालुवाङका अध्यक्ष जगतप्रसाद पोख्रेल राप्ती गाउँपालिकाका प्रवक्ता तथा ७ नम्बर वडा अध्यक्ष विद्याशरण चाैधरी, साविक लालमटिया गाविसका पुर्व अध्यक्ष दोर्ण भुसाल र पत्रकार अोमप्रकाश गुप्ता लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । वडा सदस्य पिमा गाहा मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको सञ्चालन वडा सचिव दामोदर पोख्रेलले गरेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!