१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

तुल्सीपुर ट्राफिकले दुर्घटना न्यूनीकरण गर्न बाटोहरुमा जिकज्याक ड्रमहरु राखिदै

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

सागर थापा
दाङ पुस १८ तुल्सीपुर ट्राफिक प्रहरीले तिब्र गतिमा चलाउने सवारी साधनहरुको गति कम गर्न बाटोमा जिकज्याक ड्रमहरु राख्न थालेको छ । दिन प्रति दिन बढ्दै गईरहेको सवारी साधन दुर्घटना न्युनिकरण गर्ने उद्देश्यका साथ उक्त जिकज्याक ड्रमहरु शुक्रबार दाङ र सल्यान सडकखण्डको रक्षाचौर स्थित राखिएको छ ।
तिब्र गतिका कारण हुनसक्ने सवारी दुर्घटनालाई मध्यनगर गर्दै बढी दुर्घटना ग्रस्त क्षेत्रहरुको चयन गरी यस कार्यको थालनी गरेको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका ट्राफिक प्रमुख नन्द कुमार पोखे्रले जानकारी दिनुभयो । ट्राफिक प्रमुख पोख्रेलका अनुसार केही हदसम्म भएपनि सवारी दुर्घटना न्युनिकरणमा सहयोग पुग्ने उहाँले बताउनुभयो ।
आगामी दिनहरुमा तुलसीपुर क्षेत्रमा बढी दुर्घटना ग्रस्त क्षेत्रहरुका चयन गरी जिकज्याक ड्रमहरु राख्ने योजना समेत रहेको दाङ ट्राफिकले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ मा एक युवतीको विभत्स हत्या भएको छ। दैलेखकी २२ वर्षीया निर्मला थापाको घाँटी सलले बेरेर हत्या गरिएको हो। निर्मला विगत दुई वर्षदेखि नेपालगन्जको बीपी चोकस्थित सुनाखरी रेस्टुरेन्टमा वेटरको रूपमा कार्यरत थिइन्। घटना मंगलबार बिहान भएको बताइएको छ। बर्दियाका ३५ वर्षीय प्रकाश सुनारले हत्या गरी निर्मलाकी बहिनीलाई फोनमार्फत ‘दिदीलाई […]

प्युठानको स्वर्गद्वारीबाट फर्कदै गरेको भारतीय स्कार्पियो बड्डाडा ओरालोमा दुर्घटना प्युठान। स्वर्गद्वारी मन्दिरबाट भारततर्फ जाँदै गरेको यूपी ५५ एए ७७२६ नम्बरको स्कार्पियो गाडी सरूमारानी गाउँपालिका–४ बड्डाडा नजिकैबाट अन्यन्त्रिएर तल खसेको छ। गाडीमा ७ जना सवार रहेको ५ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

error: Content is protected !!