०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई समर्थन फिर्ता लिएको घोषणा,

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, आषाढ १०, २०८२

 

काठमाडौं । मङ्गलवार भक्तपुरमा आयोजित एक कार्यक्रममा  बोल्दै यादवले सरकारलाई दिएको समर्थन फिर्ता लिन संसदीय दललाई निर्देशन दिइसकेको समेत बताए । उनले सत्तारुढ एमाले–काँग्रेस गठबन्धनको तीव्र आलोचना गर्दै सरकारलाई दिएको समर्थनबाट पछुताउनु परेको बताए ।

सरकार जनताको पक्षमा नभई बिचौलियाको लागि बनेकाले समर्थन कायम राख्नु संविधान, सङ्घीयता र जनतासँग गद्दारी हुने उनको भनाइ छ ।

अध्यक्ष यादवले वर्तमान सत्ता गठबन्धनले जनताको कुनै चासो नराखी केवल सत्तामा टिकिरहने खेल खेलिरहेको आरोप लगाए ।

सरकारको सम्पूर्ण ध्यान सत्ता जोगाउने, पद बाँड्ने, प्रशासन हल्लाउने र जनताको नाममा बजेट बेच्ने काममा लागेको उनले बताए । उनले वर्तमान सत्ता गठबन्धन पूर्ण रूपमा असफल भइसकेको उल्लेख गरे ।

उनले संविधान संशोधन गर्ने सरकारको कुनै चाहना भएको र सरकार बनाउनका लागि राजनीतिक स्टन्टमात्रै गरेको टिप्पणी गरे । यादवले राजनीतिक नेतृत्वको सत्ता मोहबाट देश मुक्त हुनुपर्ने बेला आएको जिकिर गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!