१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

बाँकेमा सवारी चालकलाई यान्त्रिक जाँच तथा मनसुनजन्य दुर्घटना सम्बन्धि सचेतनामुलक कार्यक्रम

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, आषाढ १२, २०८२

बाँके । कोहलपुर सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाम गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले कोहलपुरस्थित नयाँ बसपार्कमा सचेतनामूलक कार्यक्रम गरेको हो ।

सो अवसरमा सवारी चालक र सह–चालकलाई वर्षायाममा हुने यान्त्रिक गड्बडी तथा मनसुनजन्य दुर्घटनाबाट जोगिने उपायका बारेमा जानकारी दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले जानकारी दिए । उनले भने, ‘वर्षायाममा यान्त्रिक गड्बडी हुने र मनसुनका बेला खोला, नालामा आउने बाढी तथा सडकमा जमेको पानी बाटो नदेखिने र पानी परिरहेका बेला बाटो नदेखिने हुन्छ । यस्तो बेलामा सवारी साधन कसरी चलाउने र दुर्घटना हुनबाट कसरी जोगिन सकिन्छ भन्ने सचेतना दियौँ ।’ कार्यक्रममा सवारी साधनको यान्त्रिक जाँचसमेत गरिएको उनले बताए । ‘वर्षायाममा सवारी दुर्घटनाको जोखिम अति बढि हुन्छ । थोरै असावधानीले सवारी दुर्घटना भई धन र जनको क्षति हुनसक्छ,’ उनले भने ।

उनले सवारी दुर्घटना न्यूनीकरणमा ट्राफिक प्रहरीको भन्दा चालक र सह–चालकको भूमिका महत्वपूर्ण हुने बताए । ‘सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिकको भूमिका पर्याप्त हुन सक्दैन । यसमा चालक, सहचालक, सवारी धनी, यातायात व्यवस्था कार्यालय, सडक विभागलगायत सबै सरोकारवाला निकायहरूको संयुक्त प्रयास जरुरी छ,’ उनले भने ।

कार्यक्रममा वरिष्ठ सई प्रवीण आचार्यले गाडीको नियमित मर्मत तथा चालकले अपनाउने सुरक्षा तथा सतर्कताले सवारी दुर्घटना घटाउने बताए । उनले भने, ‘गाडीको नियमित मर्मत, सम्भार, चालक अनुमतिपत्र सवारी सुरक्षाका अत्यन्त महत्वपूर्ण पक्ष मानिन्छन्,’ उनले भने ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले सडक सुरक्षामा प्रहरी र नागरिक बीचको सहकार्य अपरिहार्य रहेको बताइन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!