०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

दुर्घटनामा मृत्यु भएका आफ्न्ती परिवारलाई महिला सामुदायिकद्धारा विमा रकम १६ लाख प्रदान

Logo
प्रकाशित शुक्रबार, पुष १८, २०७६

देविराम कुसारी
दाङ, पुस १९ । महिला सामुदायिक लघुबित्त बित्तीय संस्था लिमिटेड शाखा कार्यालय जुगार रोल्पाले सडक दुर्घटनामा मृत्यु भएका सेवा ग्राहीका परिवारलाई करिव १६ लाख विमा करम प्रदान गरेको छ ।
संस्थाले त्रिवेणी गाउँपालिका ४ छेपको २७ नम्वर समुहका स्वर्गिय सदस्य इन्द्रा घर्तीको परिवारलाई १५ लाख ९६ हजार विमा रकम प्रदान गरेको हो । गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीको अध्यक्षतामा भएको कार्यक्रममा विमा रकम बुझ्दै इन्द्राका श्रीमान विजय बहादुर घर्तीले आफुलाई समस्या परेको वेला प्रदान गरिएको रकमले आफ्नो जिवनलाई थोरै भए पनि सजिलो वनाउने वताउनु भएको थियो । त्यसैगरी स्वर्गिय इन्द्राकी छोरी रेखाले आमालाई कुनै वस्तुसंग तौल गर्न नमिले पनि विमा रकमले आफ्नो पढाइमा सहयोग पुग्ने भन्दै संस्थालाई धन्यवाद दिनुभएको थियो ।
संस्थाका कनिष्ठ अधिकृत गगन योगीको स्वागत मन्तब्यबाट सुरु भएको रमक प्रदान कार्यक्रममा संस्थाका बरिष्ठ प्रबन्धक लोकमणी रेग्मीले संस्थाले प्रदान गरेको रकमलाई बढी भन्दा बढी सदुपयोग गर्न पीडित परिवारलाई आग्रह गर्नुभएको थियो । कार्यक्रममा प्रवन्धक रेग्मीले संस्थाले लघु वित्त मार्फत हाल सम्म ५५ हजार परिवारलाई सेवा प्रदान गर्दै आइ रहेको जनाकारी गराउनु भएको थियो । कृर्षी, पशु पालन तथा अन्य व्यवसायका लागि संस्थाले प्रदान गर्दै आइरहेको शिप तथा रकमलाई प्रभावकारी रुपमा प्रयोग गर्न सेवा ग्राहीलाई रेग्मीले आग्रह गर्नुभएको थियो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सान्तकुमार वलीले विमा रकम प्रदान गर्दै रकमलाई शिक्षामा लागानी गर्न प्राथमिकता दिन सुझाव दिनुभएको थियो ।
कार्यक्रममा वडा नम्वर ५ का अध्यक्ष कृष्णबहादुर केसी, संस्थाका ग्राहक सेवा बिभाग प्रमुख यमला गौतम लगाएतले वोल्नुभएको थियो । कार्यक्रमको सहजिकरण शाखा प्रमुख केशव शर्माले गर्नुभएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]