१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

असार १५ गते कृषकहरुले देशभर धान दिवस धान रोपेर मनाउदै,

Logo
Abc Sanchar प्रकाशित आइतबार, आषाढ १५, २०८२

काठमाडौं । असार १५ कुनै साधारण मिति होइन । यो नेपाली कृषकको आत्मा हो । सांस्कृतिक परम्परा र सामूहिक श्रम संस्कृतिको संगम हो । अनि, देशको खाद्य सुरक्षासँग जोडिएको दिन हो । नेपाल कृषिप्रधान देश हो । यहाँको जीवनशैली, संस्कार तथा चाडपर्वहरू अधिकांश कृषि प्रणालीसँगै गाँसिएका छन् ।

त्यसैको एउटा उदाहरण हो– असार १५, जुन दिनलाई ‘धान दिवस’, ‘रोपाइँ महोत्सव’ वा ‘दही चिउरा खाने दिन’ भनेर पनि चिनिन्छ । यो केवल खेतमा रोपाइँ गर्ने वा दही, चिउरा खाने दिन मात्र नभएर सांस्कृतिक, आर्थिक, सामाजिक र वैज्ञानिक दृष्टिले अत्यन्तै महत्वपूर्ण छ । ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमि : नेपालमा खेतीपाती हजारौं वर्षअघिदेखि गरिँदै आएको छ । प्राचीन संस्कृतिहरूमा पानीलाई जीवनको आधार मानिन्छ ।

असार महिना नेपालमा वर्षा सुरु हुने महिना हो । र, असार १५ त दिनभर पानी पर्ने उच्च सम्भावनाको दिन । यही कारण किसानहरू परम्परागत रूपमा यही दिन धान रोप्ने शुभ दिनका रूपमा मनाउँछन् । यस दिन कृषक, विशेषगरी महिला र पुरुष खेतमा नाचगान, झ्याउरे र दोहोरी गीत गाउँदै धान रोप्ने परम्परा आज पनि धेरै ठाउँमा जीवितै छ । गाउँघरमा मान्छेहरूले एक–अर्कालाई हिलो दल्ने, रमाइलो गर्ने, अनि खेतैमा दही चिउरा खाएर असार १५ मनाउने चलन रहिआएको छ । यसलाई कतिपयले ‘किसानहरूको होली’ पनि भन्ने गर्छन् । किनभने यहाँ पनि एकअर्कालाई हिलो दल्ने चलन हुन्छ ।

कृषि वैज्ञानिकहरूका अनुसार धानको रोपाइँका लागि असार १५ वरिपरिको समय सबैभन्दा उपयुक्त मानिन्छ । नेपालमा दक्षिण–पूर्वी मनसुन असार लागेलगत्तै प्रवेश गर्छ । पानी पर्न थाल्छ । त्यसको केही दिनमै जमिन चिसो अनि माटो गिलो हुन्छ, जसले रोपाइँ गर्न सजिलो बनाउँछ । असार १५–२५ को समय रोपाइँको उत्तम समय हो । यो समयमा तापक्रम र आद्र्रता दुवै अनुकूल हुन्छ । साथै, पानीले भरिएको खेतले पोषक तत्वहरू जोगाउँछ । असारमा रोपिएको धानलाई वर्षाको पानीले राम्रोसँग सिँचाइ गरिदिन्छ । ढिलो रोपाइँ गर्दा उत्पादनमा ह्रास आउँछ । केही अनुसन्धानहरूले देखाएका छन् कि असार मसान्तभन्दा ढिलो रोपिएको धानले २०–३० प्रतिशत उत्पादन घटाउँछ ।

दहीचिउरा यो दिनको परम्परागत भोजन हो । यसमा पनि वैज्ञानिक पक्षसमेत लुकेको छ । दही प्रोटिन, क्याल्सियम, भिटामिन बी–१२, प्री–बायोटिक र प्रो–बायोटिकले भरिपूर्ण हुन्छ । भारी कामपछि दही पचाउन सजिलो र पेटका लागि लाभदायक हुन्छ । चिउरा चामलको हलुका रूप हो । यसले ऊर्जा दिने, पच्न सजिलो हुने, खेतमा काम गर्दा गलेको शरीरलाई तुरुन्तै ऊर्जा दिन्छ । दुवै मिलाएर खाँदा शरीरलाई आवश्यक कार्बोहाइड्रेट र इलेक्ट्रोलाइट सन्तुलन मिल्छ । त्यसैले यो परम्परा केवल संस्कृति होइन, गहिरो स्वास्थ्य विज्ञानमा आधारित परम्परा पनि हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

दाङ । घोराही उप-महानगरपालीका वडा नं. १६ सर्रा स्थित जिल्ला प्रहरी कार्यालय दाङ , यस कार्यालयको आयोजना तथा राप्ती स्वस्थ्य बिज्ञान प्रतिष्ठान घोराही दाङ , यातायात व्यवस्था कार्यालय राप्तीको समन्वय तथा सहकार्यमा प्रमुख जिल्ला अधिकारी विश्व प्रकाश अर्यालज्यू , प्रहरी उपरीक्षक दिपक श्रेष्ठज्यू , यस कार्यालयका कार्यालय प्रमुख उपेन्द्र बहादुर बम र राप्ती स्वास्थ्य बिज्ञान […]

error: Content is protected !!