०९ कार्तिक २०८३, आइतबार
25-10-2026 , Sun
×

दाङको बाह्रकुनेदह मेलालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा लागू गर्ने एसपी: भट्टराई

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

(सागर थापा) दाङ पुस २७ घोराही उपमहानगरपालिका ७ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दहमा माघे सन्क्रान्तीको अवसरमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका वडाहरुमा मोबाइल गस्ती समेत परिचालन गर्ने एसपी भट्टराईले बताए नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतको नेतृत्वमा १५० जनाको प्रहरी टोलि समेत परिचालन गर्ने भएको छ । घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गते देखि नै विशेष टोलि परिचालन गर्ने प्रहरीले बताएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए । साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलाप हरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत ट्राफिक प्रहरीको समन्वय गरेर कार्वाही गर्ने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । गत साता बिरामी पाठोलाई माइक्रोबसको छतमा बाँधेर पोखरा लैजान लागिएको भिडियो सार्वजनिक भएको थियो। भिडियोमा आशिका तामाङ आफैं घटनास्थलमा पुगेर सहचालकलाई पाठोलाई तल झार्न र गाडीभित्र सुरक्षित ठाउँमा राख्न आग्रह गर्नुभएको थियो। उहाँले भन्नुभएको थियो — _‘मलाई जति गाह्रो हुन्छ, यसलाई कति गाह्रो हुन्छ।’_ चिसोमा छतमा राख्दा थप पीडा हुने भन्दै पैसाका […]

  काठमाडौं । रास्वपा सभापति रवि लामिछाने पत्नी निकिता पौडेलसहित शुक्रबार (कार्तिक ७) तीन दिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान* गर्नुभएको हो। *भ्रमणको रुट:* काठमाडौं → धनगढी हवाई यात्रा → गड्डाचौकी नाका हुँदै भारत प्रवेश। *कहाँ-कहाँ जाँदैछन्?* उहाँको निजी सचिवालयका अनुसार दुई प्रसिद्ध शक्तिपीठमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम छ: १. *कैंची धाम, नैनीताल, […]

*काठमाडौं । नेपाल प्रहरीमाथि योजनाबद्ध रूपमा आक्रमण भइरहेको भन्ने विषयमा तथ्य, प्रमाण र तर्कसहित विश्लेषण प्रस्तुत गर्नु व्यावसायिक पत्रकारिताको महत्त्वपूर्ण जिम्मेवारी हो। यस्तो संवेदनशील अवस्थामा संस्थाको गरिमा, व्यावसायिक मनोबल र सार्वजनिक विश्वाससँग सम्बन्धित विषयमा गम्भीर बहस हुनु आवश्यक छ। तर प्रहरीको जन्मदिन, प्रहरीभित्रका ‘उत्कृष्ट जोडी’ लगायतका विषयमा तस्बिर र श्रव्यदृश्य सामग्री तयार पार्ने क्रममा सक्रिय […]