२१ फाल्गुण २०८२, बिहिबार
05-03-2026 , Thu
×

दाङको बाह्रकुनेदह मेलालाई मध्यनजर गर्दै प्रहरीले विशेष सुरक्षा लागू गर्ने एसपी: भट्टराई

Logo
प्रकाशित आइतबार, पुष २७, २०७६

(सागर थापा) दाङ पुस २७ घोराही उपमहानगरपालिका ७ मा रहेको बाह्रकुने दहमा प्रतेक बर्ष लाग्ने मेला लाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय दाङले विशेष सुरक्षा योजना अघि सारेको छ । दह मेलामा हुन सक्ने सम्भाबित घटना रोक्नको लागि विशेष सुरक्षा योजना अघि सारिएको दाङ जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताए पर्यटकिए एवं धार्मिक स्थल बाह्रकुने दहमा माघे सन्क्रान्तीको अवसरमा लाग्ने मेलाका साथै घोराही उपमहानगरपालिका क्षेत्रका वडाहरुमा मोबाइल गस्ती समेत परिचालन गर्ने एसपी भट्टराईले बताए नेपाल प्रहरी सशस्त्र प्रहरी राष्ट्रिय अनुसन्धान लगाएतको नेतृत्वमा १५० जनाको प्रहरी टोलि समेत परिचालन गर्ने भएको छ । घोराही आसपासका वडाहरुमा मोटरसाइकल र घुम्ती गस्ती टोलि समेत परिचालन गर्ने छ । पुस २९ गते देखि नै विशेष टोलि परिचालन गर्ने प्रहरीले बताएको छ । चार्डपर्वको बेला होहल्ला गर्ने र समाजमा असान्त मच्चाउने कृयाकलाप गर्ने ब्यक्तिहरुलाई पक्राउ गरि कार्वाहीको दायरामा ल्याउने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले बताए । साथै सादा पोसाकमा २४ घन्टा प्रहरी परिचालन गरिएको समेत उनले बताएका छन । चाडपर्वमा शान्तिपुर्वक मनाउन र समाजमा खलल पुग्ने कृयाकलाप हरु नगर्न समेत सबैमा आग्रह गरिएको छ । साथै तीब्र गतीमा सवारी साधन र मोटरसाइकल चलाउने हरुलाई समेत ट्राफिक प्रहरीको समन्वय गरेर कार्वाही गर्ने दाङ प्रहरी प्रमुख एसपी भट्टराईले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । निर्वाचनअन्तर्गत अपराह्न ४ बजेसम्म ५१.१९ प्रतिशत मत खसेको छ। कूल मत चार लाख ३३ हजार ६६८ मध्ये १ लाख ९६ हजार ४१३ मत खसेको छ । निर्वाचन क्षेत्र नम्बर १ मा ७२ हजार ३१० मत खसेको छ, जसमध्ये पुरुष ३३ हजार ८८४ र महिला ३८ हजार ४२६ ले मतदान गरेका छन्। निर्वाचन क्षेत्र […]

कास्की । प्रतिनिधि सभा सदस्य निर्वाचनको अवसरमा सरकारले लगाएको यातायात बन्देज उल्लंघन गर्ने दर्जनौँ सवारी साधन कास्कीमा कारबाहीमा परेका छन्। बिहीबार निर्वाचनको दिन जिल्लाका विभिन्न स्थानमा अनुमति पत्र (पास) बिना नै सडकमा गुडेका सार्वजनिक तथा निजी सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी टोलीले नियन्त्रणमा लिएका हुन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित बनाउन […]

काठमाडौं । ओखलढुंगाको अवस्था सामान्य रहेको छ भने भ्रामक सूचना संप्रेषण गर्नेहरूको खोजी जारी रहेको डिएसपी मदन के.सी.ले जानकारी दिएका छन्। ओखलढुंगा प्रहरीले सामाजिक सञ्जालबाट अफवाह फैलाउनेलाई साईबर ब्युरोले कारबाही गर्ने चेतावनी दिएका छन् । भ्रामक सूचना फैलिनबाट रोक्न तथ्य–जाँचकीको बलबुताले मात्रै सम्भव हुँदैन, समग्र सूचना–सञ्चार प्रणाली, पत्रकारिता जगत्, देशको सामाजिक संरचना, संस्कृति र नागरिकको […]

error: Content is protected !!