०७ कार्तिक २०८३, शुक्रबार
23-10-2026 , Fri
×

अबको दिनमा थप मनोबलका साथ काम गर्न आईजीपी चन्द्रकुवेर खापुङकाे आग्रह,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, भाद्र २६, २०८२

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले व्यावसायिक
धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न प्रहरीहरूलाई आग्रह गरेका छन् ।

बिहीबार साँझ एक भिडियोमार्फत प्रहरी महानिरीक्षक खापुङले यस्तो बताएका हुन् । देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खापुङले नियमित प्रहरी कार्यमा हिजो भन्दा थप मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए ।

साथै उनले गत सोमबार र मंगलबार जेनजीले गरेको प्रदर्शनका क्रममा मृत्यु भएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

जेनजी पुस्ताका युवाहरूले भ्रष्टाचार,सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका थिए ।  प्रदर्शनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिए भने देशले ठुलो जनधनको क्षति व्यहोर्नुपरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बंगालको खाडीबाट विकसित हुने न्यूनचापीय प्रणालीको प्रभावले देशका धेरै स्थानमा वर्षा हुने भएको हो। हाल उपलब्ध विभिन्न मौसम पूर्वानुमान मोडेलले आगामी मंगलबारदेखि एक साताभन्दा बढी समयसम्म वर्षा हुन सक्ने संकेत देखाएको मौसमविद् विनोद पराजुलीले बताए। केही स्थानमा भारी वर्षासमेत हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ। उनले चारवटा मौसम पूर्वानुमान मोडेलको औसत चित्र सार्वजनिक […]

  कैलाली । कञ्चनपुरको ब्रह्मदेवमा ड्युटीमा रहेका सशस्त्र प्रहरी हवल्दार शेरबहादुर पार्कीलाई स्थानीयले घेरा हालेर दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको छ। भिडियोमा स्थानीयले “राम्रोसँग काम नगरे लास र सास रहँदैन” भन्दै धम्क्याएको र “मार यसलाई” भन्दै लाठी देखाएर लछारपछार गरेको देखिन्छ। घटना गत असोजको तेस्रो साता भएको खुलेको छ। घटनाबारे दुई जनाविरुद्ध जिल्ला प्रहरी कार्यालयमा […]

  तानसेन । करोडौं खर्च गरेर निर्माण गरिएको तानसेनको माथिल्लो डुम्रेदेखि तेल्घा गुफाचौर जाने सडक क्षतविक्षत बनेको छ। गत असोज ८, ९ र १० गते परेको अविरल वर्षाले उक्त सडक खण्डका विभिन्न स्थानमा क्षति पुगेको हो। करोडौं खर्च गरेर बनाएको सडक भत्किएपछि स्थानीय बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य भएका छन्। निर्माण सम्पन्न भएको एक […]