२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

प्रहरी संगठनलाई आँच आउने कुनै पनि अमर्यादित कृयाकलाप नगर्न डिआइजी पोखरेलको निर्देशन

Logo
प्रकाशित मंगलबार, पुष २९, २०७६

सागर थापा (क्राईमबिट)
काठमाडौं पुस २९ संगठन हाम्रो हो, संगठन बलियो भयो भने हामी मात्र हामी बलियो हुन्छौ, संगठनको प्रतिष्ठा नै हाम्रो प्रतिष्ठा हो । संगठनको गरिमा हाम्रो छबिमा जोडिएकोले संगठनलाई आँच आउने कुनै पनि अमर्यादित वा अवान्छित कृयाकलाप नगर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भयो ।
प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले मंगलबार विहान महानगरीय प्रहरी परिसर भक्तपुरको निरीक्षण तथा निर्देशन कार्यक्रममा उक्त कुरा बताउनु भएको हो ।
निर्देशनको क्रममा पोखरेलले प्रहरी सेवा प्रवाहको पहिलो कडी भनेको मिठो बोली बचन शिष्ट नम्र व्यवहार र कानून कार्यान्वयनमा निर्दयिता अपनाई अपराध गर्नेलाई विना हिच्चकिचहावट हदै सम्मको कारवाही गर्न निर्देशन दिनुभयो । डिउटीमा खटिएको कुनै पनि कर्मचारीले आफ्नो डिउटी ईमान्दारीता पूर्वक निभाएको छ भने उसको मनोबल गिर्ने गरी कोहि कसैले कार्य गरेमा त्यस्तालाई कारवाही गर्ने चेतावनी दिनु भयो ।
कुनै पनि प्रहरी कर्मचारीहरूले व्यक्तिगत स्वार्थ पुरा गर्न लोभ लालचमा परी गलत कार्य गरेको भेटिएमा वा आर्थिक अनियमितता गरेको फेला परेमा त्यस्ता कर्मचारीहरूलाई कारवाही गरेरै छाड्छु भन्दै उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्ने बताउनु भयो ।
हाम्रो अथक प्रयासका बाजुत पनि कही न कही हामी आलोचित भएको हुनाले अबको समय भनेको त्यस्ता आलोचितबाट मुक्त हुनलाई प्रहरी सेवा प्रवाहमा समय सापेक्ष र वैज्ञानिक दुवै हुनुपर्छ । संगठनको १ जनाको गल्तीले संगठन कै शिर झुक्ने हुनाले हामी कुनै पनि लोभलालच त्यागी, वोली बचन शिष्ट नम्र व्यवहार र सेवा प्रवाहमा निष्पक्ष्य,मर्यादित हुन निर्देशन दिनुहुदै यसमा कोही प्रहरी कर्मचारी चुक्छ त्यसलाई Excuse नगर्ने बताउनु भयो ।
आफ्नो एरिया शान्त,सुरक्षित राख्नको लागि योजना बनाई,कार्यान्वय गरी नागरिकहरूले सुरक्षाको प्रत्याभूति हुने गरी कार्य गर्ने निर्देशन दिनुहुदै नेपाल सरकारले अंगिकार गरेको सुशासन र समृद्ध नेपालको लक्ष्य पुरा गर्ने राज्य संयन्त्रहरूमा नेपाल प्रहरी सदैव अग्रणी स्थानमा रहने गरी कार्य गर्न महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले निर्देशन दिनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!