१२ साउन २०८२, सोमबार
28-07-2025 , Mon
×

टयाक्टर दुर्घटना हुँदा बर्दियामा १५ जना घाइते एकजना मृत्यु

Logo
प्रकाशित बुधबार, माघ ०१, २०७६

(एबिसी संचार)
बर्दिया माघ १ टयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको। दुर्घटनामा १५ जना घाइते भएका छन । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
मृत्यु हुनेमा गेरुवा गाउँपालिका वार्ड न ५ पहाडीपुरका १३ वर्षीय बालक रुबेन चौधरी रहेका छन् । बर्दियाको ठाकुरद्धारामा रहको ठाकुरबाबा मन्दिरको दर्शन गरेर फर्कँदै गरेको भे १ त ७२०० नम्बरको टयाक्टर राजापुर नगरपालिका वडा नम्बर १० गेरुवास्थित कर्णाली पुल नजिकै बुधबार बिहान पल्टिँदा उनी गम्भीर घाइते भएका थिए ।
उपचारका लागि जिल्ला सदरमुकाम गुलरिया लैजाने क्रममा उनको बाटोमानै मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरुको जिल्ला अस्पताल गुलरियामा उपचार भइरहेको छ । घाइते मध्ये ३ जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागी नेपालगञ्ज ल्याइएको प्रहरीले जनाएको छ ।
ठाकुरबाबा मन्दिरमा गई ठाकुरबाबा मन्दिरको दर्शन गरी बुधबार विहानै गन्तव्य तर्फ लागेको सो टयाक्टर कर्णाली पुल नजिकै पल्टिएको दुर्घटना भएको प्रहरीले जनाएको छ । विहान बाक्लो हुस्सुका कारण सो दुर्घटना भएको बताइएता पनि घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टयाक्टर चालक मिठ्ठु चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । पक्राउ पर्नेमा दोलखाको सैलुङ गाउँपालिका-२ का २८ वर्षीय राजु लामा छन् । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनले आफू काठमाडौँ महानगरपालिकाको फोहरमैलाको कर्मचारी भएको बताउँदै १३ लाख २५ हजार रुपैयाँ उठाएको पाइएको प्रहरीले बताएको छ । उनी नक्कली कर्मचारी रहेको खुलेको छ । उनीबाट विभिन्न रसिदहरू समेत […]

काठमाडौं । राजनीतिक कार्यक्रमका क्रममा देशका विभिन्न स्थानमा पुग्नुपर्ने कारण देखाइ पूर्वप्रधानमन्त्री नेपालले वारेस राख्ने अनुमति मागेर विशेष अदालतमा निवेदन दिएका थिए । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले वारेश राख्ने सुविधा दिन अस्वीकार गरेको हो । कुनै व्यक्तिले निश्चित कामका लागि आफ्नो अधिकार दिई खटाएको व्यक्तिलाई वारेश भनिन्छ । अदालतमा […]

  रुपन्देही । जिल्ला ट्राफिक प्रहरी कार्यालय, रुपन्देहीका अनुसार मृत्यु हुनेमा ९८ पुरुष र २३ महिला रहेका छन् । गत आर्थिक वर्षमा जिल्लामा कुल ८०२ वटा सवारी दुर्घटना भएका थिए, जसमा १ हजार १६२ सवारीसाधन संलग्न थिए । ट्राफिक प्रहरी प्रमुख रन्जु केसीले सुविधासम्पन्न सडकमा चालकको लापरबाही र तीव्र गतिका कारण दुर्घटना बढेको बताइन् । […]

error: Content is protected !!