०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफाले मृत्यु

Logo
प्रकाशित बिहिबार, माघ ०२, २०७६

(एबिसी संचार)
काठमाडौं माघ २ धादिङमा दुई बच्चासहित दम्पत्तिले त्रिशुली नदीमा हामफालेका छन् ।
जिल्ला प्रहरी कार्यालय, धादिङले जनाएअनुसार बेनिघाट रोराङ–१ मा झोलुङ्गे पुलबाट हामहाल्दा महिलाको मृत्यु भइसकेको छ भने ६ महिना र दुई वर्षका दुई छोरा बेपत्ता छन् ।
काठमाडौंको चन्द्रागिरी नगरपालिका घर भएका श्रीमान विनय लामिछानेको भने उद्दार भएको धादिङका प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले बताए ।
उनले भने, ‘उनी अहिले हाम्रो नियन्त्रणमा छन् । किन हामफाले भन्ने विषय खुलिसकेको छैन ।’
विनय परिवारसहित गोरखास्थित ससुराली गएर फर्किँदै गर्दा घटना भएको हो । विस्तृत अनुसन्धान जारी छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ-मुग्लिन सडक खण्डको कृष्णभिरमा पहिरो पन्छाएर दुईतर्फी सडक सुचारु गरिए पनि मुग्लिन क्षेत्रमा सवारी जाम उस्तै रहेको छ। दसैंका लागि घर फर्किने यात्रुको चाप बढेसँगै लामो जाम लागेको हो। यात्रुहरू घण्टौंसम्म जाममा बस्न बाध्य छन्।

चितवन । भरतपुरको सुन्दर ६ लेन सडकमा मापदण्ड विपरीत राखिएका होर्डिङ बोर्डहरूले सहरको सौन्दर्य नै कुरुप बनाएका छन्। जथाभावी राखिएका ठूला-ठूला विज्ञापन बोर्डहरूले सडकको सुन्दरता बिगार्नुका साथै दुर्घटनाको जोखिम समेत बढाएको स्थानीयको गुनासो छ। मापदण्ड विपरीत विज्ञापन राख्न दिने र सहर कुरुप बनाउने गरी भएको विज्ञापनमा कसको कति चलखेल छ ? सम्बन्धित निकाय मौन बस्नुले […]

बाँके । रुपैडिहामा आयोजित मैत्रीपूर्ण भलिबल खेलमा सशस्त्र प्रहरी बल, नेपालको एपीएफ ३० नम्बर गणले उत्कृष्ट खेल प्रदर्शन गर्दै भारतको एसएसबी ४२ बाहिनीलाई पराजित गरेको छ। खेलको सुरुदेखि नै एपीएफ टोलीले उत्कृष्ट तालमेल, अनुशासन र आक्रामक खेल प्रदर्शन गरेको थियो। खेलाडीहरूको मेहनत र उत्कृष्ट प्रदर्शनका कारण एपीएफ ३० नम्बर गणले जित हासिल गर्न सफल भएको […]