१४ बैशाख २०८३, सोमबार
27-04-2026 , Mon
×

बढुवा भएका इन्स्पेक्टर मिलन श्रेष्ठलाई दाङ एसपी दिपक श्रेष्ठद्वारा दर्ज्यानी चिन्ह प्रदान,

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, कार्तिक १५, २०८२

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी दीपक श्रेष्ठले प्रहरी वरिष्ठ नायब निरीक्षक (स.ना.नि) मिलन श्रेष्ठलाई इन्स्पेक्टर पदमा बढुवापछि दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ।

गृह मन्त्रालय, प्रहरी कर्मचारी प्रशासन शाखा सिंहदरबारको पत्रानुसार गृह मन्त्रालयको निर्णयअनुसार मिति २०८२।०७।१५ गतेबाट लागु हुनेगरी श्रेष्ठलाई इन्स्पेक्टर पदमा बढुवा गरिएको हो। हाल उहाँ जिल्ला प्रहरी कार्यालय दाङअन्तर्गत इलाका प्रहरी कार्यालय तुलसीपुरमा कार्यरत हुनुहुन्छ।

दर्ज्यानी चिन्ह प्रदान गर्दै एसपी श्रेष्ठले बढुवा पाउनु गौरव र जिम्मेवारी दुवै भएको उल्लेख गर्दै अनुशासन, इमानदारी र सेवाभावसहित कर्तव्य निर्वाह गर्न निर्देशन दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । जिल्ला अदालतको फैसलाअनुसार ३ महिना कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका–१ बस्ने २१ वर्षीया रक्षा लामिछाने आइतबार पक्राउ परेकी हुन्। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई धनगढी उपमहानगरपालिका–५ तारानगरबाट पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार अदालतको फैसला कार्यान्वयन गर्ने क्रममा उनलाई पक्राउ गरिएको हो।

एजेन्सी । गत बिहीबार मात्र दुई देशबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको थियो। यहीबिच इजरायलले लेबननमा हमला गरेको हो। त्यसो त युद्धविराम सम्झौतामै आफ्नो सुरक्षाका लागि इजरायललाई जुनसुकै बेला आवश्यक उपाय अपनाउन पाउने भनिएको छ। आइतबार आक्रमण गरिनुभन्दा अघि इजरायल रक्षा बल (आईडीएफ) का प्रवक्ताले दक्षिणी लेबननका धेरै गाउँका बासिन्दालाई तुरुन्तै ठाउँ छाड्न चेतावनी दिएका थिए। बीबीसीका अनुसार इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले […]

काठमाडौं । नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मभूमि चुँदी रम्घालाई नेपाली भाषा र साहित्यको अन्तर्राष्ट्रिय केन्द्र बनाउने लक्ष्यसहित निर्माण गर्न लागिएको ‘भानु साहित्य उद्यान’ को शिलान्यासका लागि राष्ट्रपति पौडेल त्यहाँ जान लागेका हुन्।

error: Content is protected !!