१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

हतियारसहित आक्रमण गर्न आएका ५ युवाहरु प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित मंगलबार, माघ ०७, २०७६

(एबिसी संचार)
बाँके माघ ७ ईलाका प्रहरी कार्यालय कोहलपुरले घरेलु हतियारसहित ५ जना युवाहरुलाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा कोहलपुर नगरपालिका वडा नं १० स्थित एक होटलमा घरेलु हतियार जम्मा गरेर आक्रमणको योजना बनाईरहेको अवस्थामा ५ जना युवाहरुलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी कुलदिप चन्दले जानकारी दिए ।
हतियारसहित पक्राउ पर्नेमा नेपालगन्ज वडा नं ७ का अंकित थापा, नेपालगन्ज वडा नं ७ कै प्रविन थापा, समिर खान, बारबर्दिया नगरपालिका प्रितम थापा र खजुराका रबि विक रहेका छन् ।
प्रहरीका अनुसार पक्राउ परेका युवाहरुले कोहलपुरकै एक युवकलाई आक्रमण गर्ने योजना बनाएर आएका थिए !

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]

मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा भारतबाट BR05AL 6139 नम्बरको भारतीय मो.सा.मा लागु औषध तथा सानो हतियार साथमा लिइ वीरगञ्जभित्र प्रवेश गर्दै गरेको छ भन्ने सूचना प्राप्त । वारदात मिति,समय र स्थान:- मिति २०८१।०१।१६ गते अं.२३:०० बजेको समयमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं.१६ भुटनदेवी मन्दिर अगाडी सडकखण्डमा । प्रहरी परिचालन: घटनाको सूचना प्राप्त हुनसाथ […]