०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

अनिवार्य अवकाशमा गएका प्रहरी निरीक्षक गणेशबहादुर थापाको भव्य रुपमा बिदाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०२, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् ।

नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् ।

सो अवसरमा डीआईजी रानाले थापाले तीन दशकसम्म संगठनलाई पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै जिम्मेवारीप्रति देखाएको निष्ठा, अनुशासन र व्यावसायिकताले प्रहरी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले अवकाशपछि पनि वर्दी विनाको प्रहरीका रूपमा समाजमा शान्ति–सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम गर्न प्रहरीसँग नजिक रहेर योगदान दिन आग्रह गरे ।

सो अवसरमा संगठनको तर्फबाट मायाको चिनो प्रदान गर्दै डीआईजी रानाले व्यक्तिगत तथा सामाजिक जीवनमा सुख, शान्ति र समृद्धिको कामनासमेत व्यक्त गरेका छन् ।

अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक थापाले आफ्नो मन्तव्यमा सशस्त्र द्वन्द्वदेखि विभिन्न राजनीतिक परिवर्तनका कठिन कालखण्डसम्म राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापूर्वक सम्पन्न गरेको स्मरण गरे ।

साथै, सेवा अवधिभर संगठनका अग्रज, सहकर्मी तथा परिवारजनबाट प्राप्त साथ, सहयोग र शुभेच्छाप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!