०३ आषाढ २०८३, बुधबार
17-06-2026 , Wed
×

अनिवार्य अवकाशमा गएका प्रहरी निरीक्षक गणेशबहादुर थापाको भव्य रुपमा बिदाइ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, पुष ०२, २०८२

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले मंगलबार आयोजित एक कार्यक्रमका बीच प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ओमबहादुर रानाले इन्स्पेक्टर थापालाई बिदाइ गरेका हुन् ।

नेपाल प्रहरी संगठनमा २०५२ पुस १ गते भर्ना भई ३० वर्षे सेवा अवधि पूरा गरेर मिति २०८२ पुस १ गते उनी अनिवार्य अवकाशमा गएका हुन् ।

सो अवसरमा डीआईजी रानाले थापाले तीन दशकसम्म संगठनलाई पुर्‍याएको योगदानको उच्च प्रशंसा गर्दै जिम्मेवारीप्रति देखाएको निष्ठा, अनुशासन र व्यावसायिकताले प्रहरी संगठनलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे ।

उनले अवकाशपछि पनि वर्दी विनाको प्रहरीका रूपमा समाजमा शान्ति–सुरक्षा, अमनचयन र सामाजिक सद्भाव कायम गर्न प्रहरीसँग नजिक रहेर योगदान दिन आग्रह गरे ।

सो अवसरमा संगठनको तर्फबाट मायाको चिनो प्रदान गर्दै डीआईजी रानाले व्यक्तिगत तथा सामाजिक जीवनमा सुख, शान्ति र समृद्धिको कामनासमेत व्यक्त गरेका छन् ।

अवकाशप्राप्त पूर्व प्रहरी निरीक्षक थापाले आफ्नो मन्तव्यमा सशस्त्र द्वन्द्वदेखि विभिन्न राजनीतिक परिवर्तनका कठिन कालखण्डसम्म राष्ट्र र संगठनले सुम्पेको जिम्मेवारी आफ्नो ज्ञान, सिप र क्षमताले भ्याएसम्म निष्ठापूर्वक सम्पन्न गरेको स्मरण गरे ।

साथै, सेवा अवधिभर संगठनका अग्रज, सहकर्मी तथा परिवारजनबाट प्राप्त साथ, सहयोग र शुभेच्छाप्रति आभार व्यक्त गरे ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज जमुनाहा मुख्य नाकामा ICP सशस्त्र प्रहरी असई ललित शाहीको कमान्ड हुँदाहुँदै पनि कसरी बिना भन्सार राजस्व चुहावट गर्दै LG को ३८ हजार पर्ने कुलर गाडीको सुबिधा लिने ठाउँमा लुकाएर राखेको अवस्थामा नेपालगन्ज भन्सार कर्मचारी बल बहादुर महतले नियन्त्रणमा लिएर भन्सारमा बुझाएका छन्। सशस्त्र प्रहरी असैइ शाहीमाथि गम्भीर प्रश्न चिन्ह उठेको छ । […]

बाँके । मुख्य चुनौती के थिए: नेपालगन्ज नाका तस्करी,चोरी पैठारी, लागूऔषधको मुख्य रुट राजस्व चुहावट भन्सार छलीको सामान धमाधम अपराध दर सीमा क्षेत्र भएकाले आपराधिक गतिविधि बढी एसपी जिसीको काम गर्ने शैली, पत्रकार सम्मेलनबाटै सार्वजनिक प्रतिवद्धता गर्नु भनेको “अब जसरी पनि गर्नुपर्छ” भन्ने दबाब आफैँले लिएको हो। यस्तोमा पछि काम नगरे प्रश्न सोझै उहाँमाथि आउँछ। […]

दाङ । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना – २०८३ सम्बन्धी अन्तर–विषयगत क्षेत्र बैठक दाङको राप्ती उपत्यका (देउखुरी) मा मंगलबार अपरान्ह सम्पन्न भएको छ । लुम्बिनी प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजना तथा सुपरपरियोजना युनिसेफको समन्वयमा उक्त बैठक सम्पन्न भएको हो । मन्त्रालयका सचिव सुशिला अर्यालको अध्यक्षतामा भएको बैठकमा मनसुनजन्य विपद् तथा सम्भावित जोखिमको […]

error: Content is protected !!