०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

दाङमा सुनचाँदी पसलमा गोली प्रहार गर्ने व्यक्ति जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएको कैदी

Logo
सागर थापा (क्राईमबिट) प्रकाशित शनिबार, पुष ०५, २०८२

दाङ । लमहीमा रहेको जुनतारा सुनचाँदी पसलमा गोली प्रहार गरी आतंक मच्चाएका व्यक्ति जेनजी आन्दोलनका क्रममा तुलसीपुर कारागारबाट फरार भएका कैदी भएको खुलासा भएको छ। प्रहरीले घटनामा संलग्न दाङको बंगलाचुली गाउँपालिका निवासी ३१ वर्षीय लेखराज केसीलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार केसीले लुटपाट गर्ने योजनासहित सुन किन्न आएको ग्राहकको रूपमा पसल प्रवेश गरी गोली प्रहार गरेका थिए। घटनापछि फरार भएका उनलाई शुक्रबार बिहान दाङको राजपुर गाउँपालिकास्थित जंगल क्षेत्रबाट नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार केसी भदौ २५ गते जेनजी आन्दोलनका बेला तुलसीपुर कारागारबाट फरार भएका थिए। रुकुममा भएका आपराधिक घटनामा संलग्न भई १५ वर्षको कैद सजाय भोगिरहेका केसीलाई २०८१ सालमा तुलसीपुर कारागारमा सारिएको थियो। फरारपछि केही समय भारतमा बसेका उनी स्वदेश फर्किएर पुनः आपराधिक गतिविधिमा संलग्न भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

गोली प्रहारपछि केसी लमहीकै एक होटेलमा गएर बसेको र घटनामा प्रयोग गरिएको पेस्तोल त्यहीँ लुकाएर फरार भएको प्रहरीको भनाइ छ। मंसिर २७ गते होटेलको कोठा सरसफाइका क्रममा लुकाइएको पेस्तोल पड्किँदा एक जना कामदार सामान्य घाइते भएका थिए। मंसिर २१ गते भएको उक्त गोली प्रहार घटनाबारे दाङ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । शनिबार बिहानै हात्तीको झुण्डसँग ठोक्किंदा रेलको इन्जनसहित पाँच डिब्बा लिकबाट बाहिर गएका छन् । न्युज एजेन्सी पीटीआईका अनुसार रेल दुर्घटनामा परी आठ हात्ती मरेका छन् भने एक हात्ती घाइते भएको छ । नयाँ दिल्लीका लागि छुटेको रेल राति सवा २ बजे दुर्घटनामा परेको बताइएको छ । रेलवेले दुर्घटनामा यात्रु घाइते भएको सूचना प्राप्त […]

बाँके । नेपालगन्ज लाइन्स इन्टर नेश्नल नेपाल क्लबको आयोजनामा रक्तदान कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । रक्तदान जीवनदान भन्ने मूलनाराका साथ नेपालगन्ज नर्सिङ होम मेडिकलमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।उक्त कार्यक्रममा होटल ओम स्वस्तिक नेपालगन्जका (मेनेजर) नरेन्द्र कुमार दसौदी लगायत महिला र पुरुष गरि १५ जना स्टाफहरुले रक्तदान गरेका छन् ।होटल ओम स्वस्तिक नेपालगन्जका […]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी सुशील सिंह राठौर, तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टज्यू अनुगमन तथा निरीक्षणको क्रममा यस जिल्ला प्रहरी कार्यालय दाङमा पाल्नुभई अपराध अनुसन्धान शाखा निरीक्षण गर्नुभई शाखाबाट सम्पादित कार्य विवरणको बारेमाजानकारी लिनुका साथै जिल्ला प्रहरी […]

error: Content is protected !!