०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

पहिलो पटक निर्वाचनको सुरक्षाका लागि सशस्त्र प्रहरीलाई म्यादी प्रहरी भर्ना गर्ने कोेटा

Logo
ABC (क्राईमबिट) प्रकाशित मंगलबार, पुष ०८, २०८२

काठमाडौं । निर्वाचनमा सुरक्षाका लागि आवश्यक पर्ने म्यादी प्रहरी हरेक चुनावमा नेपाल प्रहरीले गर्दैआएको थियो । कमजोर नेतृत्वका कारण नेपाल प्रहरीको हातबाट म्यादी प्रहरी भर्ना गर्न पाउने अधिकार सशस्त्रमा गएको टिकाटिप्पणी हुन थालेको छ । म्यादी प्रहरी नेपाल प्रहरीले मात्र भर्ना गर्दैआएको बिषयमा गृहमन्त्री र प्रधानमन्त्रीसँग स्पष्ट कुरा राख्न नसकेको आरोप आईजीपी दानबहादुर कार्कीमाथि लागेको छ ।

सरकारले १४ हजार म्यादी प्रहरी भर्ना गर्ने जिम्मा सशस्त्र प्रहरी बललाई दिएको छ । म्यादी प्रहरी भर्नाका क्रममा लत्ताकपडादेखि बिभिन्न खरिदमा करोडौैं रुपैयाँ बजेट हुन्छ । त्यो बजेट अब सशस्त्रले पनि पाउने भएको छ ।

चियापसलमा प्रोटोकल बिर्सिएर जेनजीसँग फोटोसेसन गराउने, शैलुन उद्घाटन जस्ता स्टन्टतिर बढी रमाउने तर संगठनले गर्दैआएको काम खोसिंदा अडान राख्न नसकेको भनी आईजीपी कार्कीको आलोचना हुन थालेको छ ।

सरोज ओली र निगम हुमागाईजस्ता बिचौलियालाई प्रहरीको निरीक्षण भ्रमणमा सँगै लानेदेखि उनीहरुको सेटिङमा काम गर्ने गरेको आरोप पनि उनीमाथि लाग्ने गरेको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालको काका नाता पर्ने एसएसपी युवराज अर्यालमार्फत् सशस्त्रका महानिरीक्षक राजु अर्यालले म्यादी प्रहरी भर्नाको कोटा प्रहरीबाट खोसेर लिन सफल भएको आरोप छ । ८० हजार भन्दा बढी संख्या भएको नेपाल प्रहरीको कानुन शाखामा एसपीको मात्र दरबन्दी छ ।

तर ३७ हजार मात्र संख्या भएको सशस्त्र प्रहरी बलको कानुन शाखामा डीआईजीको दरबन्दी थप गराउन आईजीपी अर्याल सफल भएका छन् । सशस्त्रको कानुन शाखामा जम्मा १५ जनाको दरबन्दी छ । गृहमन्त्रीको भतिजालाई बढुवा गर्नकै लागि १५ जनाका लागि डीआईजीको दरबन्दी सृजना गरिएको छ । निर्वाचन सुरक्षाका यो बर्ष डेढ लाखको संख्यामा म्यादी प्रहरी भर्ना गरिँदैछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!