०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

अत्यधिक रूपमा बढेको चिसोका कारण बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थाले

Logo
ABC-Sanchar प्रकाशित बुधबार, पुष ०९, २०८२

काठमाडौं । केही दिनदेखि तराई–मधेश क्षेत्रमा अत्यधिक रूपमा बढेको चिसोका कारण हाइपोथर्मिया र जलनका बिरामीको संख्या उल्लेख्य रूपमा बढ्न थालेको छ। प्रादेशिक अस्पताल जनकपुरधाममा यस्ता बिरामीहरू उपचारका लागि दैनिक ठूलो संख्यामा आउन थालेका छन्।

अस्पतालका अनुसार दैनिक औसत चारदेखि पाँच सयसम्म बिरामी उपचारका लागि आउने गरेका छन्, जसमध्ये ठूलो हिस्सा चिसोबाट प्रभावित रहेका छन्। तीमध्ये हाइपोथर्मिया, जलन, भाइरल निमोनिया, कोल्ड डायरिया, दम एट्याक र समझ हर्ट एट्याकका बिरामीको संख्या बढी देखिएको प्रादेशिक अस्पताल जनकपुरधामका निर्देशक डा. जामुन सिंहले जानकारी दिए।

डा. सिंहका अनुसार अस्पतालमा उपचारका लागि आउने अधिकांश बिरामी गरिब, मजदुर, वृद्ध–वृद्धा, बालबालिका तथा खुला स्थानमा बसोबास गर्ने ग्रामीण क्षेत्रका नागरिक रहेका छन्। “अहिले आउने बिरामीमध्ये हाइपोथर्मिया, जलन र भाइरल निमोनियाका बिरामी बढी छन्,” उनले भने, “बाहिरी चिसोको प्रभावले शरीरको तापक्रम घट्दा हाइपोथर्मिया हुन्छ भने चिसो छल्न आगो ताप्ने क्रममा जलनका घटना बढेका छन्।”

डा. सिंहले हाइपोथर्मियालाई शरीरको तापक्रम ३७ डिग्री सेल्सियसभन्दा तल झर्नुका रूपमा व्याख्या गरे। उनका अनुसार लामो समयसम्म अत्यधिक चिसो वातावरणमा बस्दा शरीरले आफैंलाई न्यानो राख्न नसक्दा यस्तो समस्या देखिन्छ। “मधेश क्षेत्रमा घरभित्र दाउरा, कोइला र गोइँठाको आगो बालेर झ्याल–ढोका बन्द गर्दा धुवाँ बाहिर ननिस्कने अवस्था सिर्जना हुन्छ,” उनले भने, “यसबाट निस्किने कार्बन मोनोअक्साइड शरीरमा प्रवेश गर्दा सास फेर्न समस्या, बेहोसी, हर्ट एट्याकसम्म हुने जोखिम बढ्छ।”

कुहिरो, चिसो हावा, पर्याप्त न्यानो लुगा नलगाउनु, भिजेको कपडा लगाएर बस्नु, राति खुला स्थानमा सुत्नु र पोषणको कमी हाइपोथर्मियाका प्रमुख कारण रहेको चिकित्सकहरूको भनाइ छ। नवजात शिशु, साना बालबालिका, वृद्ध–वृद्धा, गरिब, दैनिक ज्यालादारी मजदुर, सडकमा बसोबास गर्ने व्यक्ति, दीर्घरोगी, कुपोषित व्यक्ति र गर्भवती महिला यसबाट बढी प्रभावित हुने गरेका छन्। “यी समूहमा शरीरको ताप सन्तुलन गर्ने क्षमता कमजोर हुने भएकाले हाइपोथर्मिया छिटो देखिन सक्छ,” डा. सिंहले बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरी एउटा विशुद्ध व्यावसायिक, अनुशासित र राष्ट्रिय संस्था हो। यसको प्रमुख दायित्व देशभर शान्ति सुरक्षा कायम गर्नु, कानुनको शासनलाई सुदृढ बनाउनु तथा नागरिकलाई प्रभावकारी र विश्वसनीय सेवा प्रदान गर्नु हो। त्यसैले प्रहरी कर्मचारीको सरुवा तथा पदस्थापना संगठनको आवश्यकता, व्यावसायिकता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर हुनु स्वाभाविक र अपरिहार्य विषय हो। यद्यपि, संघीय […]

बाँके । कोहलपुर *अहिलेको अवस्था कस्तो छ:* 1. *खाली जग्गा + भग्नावशेष*: वर्षौंदेखि मान्छे बसेको ठाउँ अहिले समथर परेको छ। कतै-कतै भत्किएको टहराको काठ, टिन, प्लास्टिकका टुक्रा छरिएका छन्। पहिले भीडभाड भएको ठाउँ अहिले सुनसान लाग्छ। 2. *पुल/सडक फराकिलो*: बस्ती हटेपछि सडक चौडा भएको छ। सरकारी पक्षले भनेको “व्यवस्थित सहर, ट्राफिकको समस्या कम” भन्ने दृश्य […]

दाङ । विश्व रक्तदान दिवसका अवसरमा त्रिभुवन नगर जेसिजले आइतबार घोराहीमा बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ। रक्तदान कार्यक्रममा ४९ जना बढीले रक्तदान गरेका थिए। त्रिभुवन नगर जेसिजका अध्यक्ष मिनराज भाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सविन प्रियासनले रक्तदान जीवनदानसँग जोडिएको कार्य भएका कारण यसलाई सबैले आफ्नो दैनिकी बनाउनुपर्ने बताउनुभयो […]

error: Content is protected !!