०५ आश्विन २०८३, सोमबार
21-09-2026 , Mon
×

सरसफाईका लागि सामूहिक प्रयास आवश्यक : सविन प्रियासन

Logo
ABC-Sanchar प्रकाशित शनिबार, पुष २६, २०८२

दाङ । घोराही १७ गैरागाउँ टोल विकास संस्थाले सडक वरपर डस्बिन राखेको छ । शनिबार विहान एक कार्यक्रमको आयोजना गरी टोलमा सरसफाई गर्नुका साथै डस्बिन राख्ने काम भएको छ । टोल विकास संस्थाका अध्यक्ष तेजबहादुर बुढाको अध्यक्षत्तामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔं अभियानका संयोजक सविन प्रियासनले सरसफाई युक्त टोल आजको आवश्यकता रहेको बताउँदै यसका लागि सामूहिक प्रयासको खाँचो रहेको बताउनुभयो ।

गैरागाउँ टोल विकास संस्थाले सडक पेटी सफा राख्नका लागि टोलमा डरामबाट बनाइएको ८ वटा डस्बिन राखेकोमा प्रशंसा गर्दै प्रियासनले घर, टोल सफा भएमा शारिरिक एवं मानषिकरुपमा पनि स्थानीयबासी स्वस्थ हुने बताउनुभयो । टोलबासीको सक्रियताले हरेक गतिविधिहरुमा सम्बन्धित टोल अव्वल हुने बताउँदै गैरागाउँ टोलले नियमितरुपमा सरसफाई कार्यक्रम राखिरहेकोमा प्रियासनले टोल विकास संस्थालाई धन्यवाद दिनुभयो ।

यसैगरी विशिष्ठ अतिथि घेराही–१७ का वडाध्यक्ष रामलौटन चौधरीले गैरागाउँ टोल स्थापना भएको केही वर्षमै अन्य टोलहरुको तुलनामा सक्रियरुपमा देखा परेको बताउनुभयो । टोलबासीकै सक्रियताले टोलमा सरसफाईदेखि सामाजिक अभियानहरु सञ्चालन हुने अध्यक्ष चौधरीको भनाइँ छ । सो अबसरमा ८ वटा डस्बिरहरु सडक वरपर राखिएको थियो । पछि थप डस्बिनहरु पनि राख्ने तयारी रहेको टोलका अध्यक्ष तेजबहादुर बुढाले जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण लक्ष्मण अधिकारीले गर्नु भएको थियो । सरसफाई कार्यक्रममा टोलका महिला, पुरुषहरुको उल्लेख्य सहभागिता थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]