१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

बाँकेको डल्फिन फिड्समा भेटिएको २ हजार ५ सय केजी गुणस्तरहीन मकै नष्ट

Logo
ABC (भन्डाफोर) प्रकाशित सोमबार, पुष २८, २०८२

बाँके । प्रविधि तथा गुण नियन्त्रण विभाग अन्तर्गतको नेपालगन्ज कार्यालयले बाँके जिल्लाको कोहलपुर नगरपालिका–७ स्थित डल्फिन फिड्स प्रालिमा भेटिएको उक्त परिमाणको गुणस्तरहीन मकै नष्ट गरेको हो ।

विभागका अनुसार सो कार्यालयले यही पुस १७ गते उद्योगको अनुगमन तथा निरीक्षणका क्रममा उद्योग परिसरमा ९३ बोरा मकै कैफियतयुक्त ट्याग लगाएर राखिएको पाइएको थियो । उक्त मकैको प्रयोगशाला परीक्षण गर्दा ५० बोरा मकैमा कैफियत देखिएको र बाँकी ४३ बोरा मकै प्रयोगका लागि उपयुक्त रहेको पुष्टि भएको थियो ।

विभागका परीक्षण प्रतिवेदनका आधारमा विभागको कार्यालयले कोहलपुर नगरपालिका–७ का वडाध्यक्ष तथा डल्फिन फिड्स प्रालिका सञ्चालकको रोहबरमा गुास्तरहीन मकै नष्ट गरेको जनाएको छ ।

नष्ट गरिएको मकैको परिमाण ५० बोरा (प्रतिबोरा ५० केजी) गरी जम्मा दुई हजार पाँच सय केजी रहेको छ । यसको अनुमानित मूल्य ८२ हजार पाँच सय रुपैयाँ बराबर रहेको कार्यालयले जनाएको छ ।

खाद्य सुरक्षाको मापदण्ड कायम राख्ने उद्देश्यले यस्तो कदम चालिएको जनाउँदै कार्यालयले उपभोक्ताको स्वास्थ्य सुरक्षाका लागि नियमित अनुगमन तथा गुण नियन्त्रण कार्यलाई निरन्तरता दिइने जनाएको छ । व्यापारिक प्रयोजनका गुणस्तरहीन मैक फिर्ता गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगञ्जस्थित रानी तलाउ तरकारी बजारमा बिक्रीका लागि किसानले ल्याएको हरियो तरकारीमा विगतमा विषादी अवशेष भेटिने गरेकामा यो वर्ष हालसम्म फेला परेको छैन । कृषि उपज बजार सञ्चालक समितिकी अध्यक्ष मोतिसरा थापा क्षेत्रीका अनुसार नमूना परीक्षणका क्रममा विषादीको मात्रा देखिएका किसानको तरकारी जफत गरी सचेत गराउने गरेकाले अहिले किसान आफैँ विषादी प्रयोगमा सचेत हुँदै […]

दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर १८ मसिनास्थित नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाइने भएको छ । नागेश्वर महादेव पार्वती मन्दिरको एघारौँ साधारणसभा एवं चौथो अधिवेशनले नागेश्वर मन्दिर परिसरमा नेपालकै ठूलो नाग प्रतिमा र मन्दिर बनाउनको लागि विशेष अभियान चलाउने निर्णय गरेको छ । सो अवसरमा बोल्ने वक्ताहरूले धार्मिक र प्राकृतिक […]

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

error: Content is protected !!