काठमाडौं । “हामी दुबै जना लेबर काम गर्थ्यौँ। दुईवटा छोरा छन्। यही काम गरेर हुँदैन, बाहिर गएर राम्रोसँग कमाउँछु, नानीहरूलाई पढाउँछु, घर बनाउँछु भनेर उहाँ विदेश जानुभएको थियो ।
श्रीमतीका अनुसार श्रीमान् बिरामी परेपछि परिवारलाई जानकारी दिनुपर्ने भए पनि कुनै सम्पर्क हुन सकेन। त्यसपछि चार महिनासम्म कुनै खबर नआउँदा परिवार चि’न्तामा परेको थियो।
चार महिनापछि दर्नाल भारतको दिल्लीमा बेवारिसे अवस्थामा फेला परेका हुन्। बेवारिसे अवस्थामा भेटिँदा उनी ग’म्भीर बिरामी अवस्थामा थिए भने उनको खुट्टाको एक औँलासमेत का’टिएको अवस्था रहेको जनाइएको छ। अहिले उनी काम गर्न नसक्ने अवस्थामा छन्। परिवारका अनुसार छोराहरूको भविष्य सुरक्षित गर्ने सपना बोकेर विदेश गएका गङ्गाबहादुरको अवस्था यस्तो भएपछि परिवार गहिरो पीडामा परेको छ।