१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

गोरखामा (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०२, २०८२

काठमाडौं । गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ ।

गोरखामा रोकेर राखेको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडीमा तोडफोड भएको छ ।

गोरखाको भिमसेन थापा गाउँपालिका–३ मा अज्ञात व्यक्तिले गए राति गाडी तोडफोड गरेका हुन् । परियारले आफ्नो गाडी तोडफोड भएको बारेमा प्रहरीलाई जानकारी गराएका छन् । चउरमा रोकेर राखेको अवस्थामा गाडी तोडफोड भएको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिएका छन ।

उनका अनुसार नियोजित समूहले गाडीमा सवार व्यक्तिहरूलाई ओरालेर तोडफोड गरेका होइनन् । बिहीबार गोरखामा माघे सङ्क्रान्तिको अवसरमा गोरु जुधाई र फुटबल कार्यक्रम थियो ।

गाडीको पछाडिको भागको सिसा फुटाइएको छ । गाडी तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले जानकारी दिएका छन ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!