काठमाडौं । नेपालीहरुको संस्कार भित्र पर्छ चिया । सामान्यतया कोहि मानिससँग भेट्दा चिया प्यूने गरिन्छ । अझ कतिपय मानिस त चियाका पारखी हुन्छन् । धेरैजसो नेपालीका घरमा पाक्ने चिया अझैं पनि धेरैजसोले विहान खाली पेटमा खाने गरेका छन् । खाली पेटमा चिया प्यूनु स्वास्थ्यका दृष्ट्रिकोणले राम्रो मानिदैन् । खाली पेटमा चिया सेवन गर्दा स्वास्थ्यमा असर गर्छ ।
– खाली पेटमा चिया खानाले एसीडिटि बढाउँछ । खालि पेटमा तातो चियाको सेवनले पेटमा एसिडिटी पैदा गर्छ र पाचक रसहरुलाई प्रभावित पार्ने गर्दछ ।
– धेरै समय उमालिएको चियाले स्वास्थ्यमा अझैँ धेरै असर गर्छ । धेरैबेर उमालिएको चिया खान स्वादिलो भएपनि धेरै समय उमालिएको चियामा क्याफिनको मात्रा धेरै हुने हुनाले पेटमा असर गर्दछ ।
– खाली पेट चिया सेवन गर्नाले भोक लाग्दैन् । कारण हाम्रो शरीर पोषणबाट बञ्चित हुन्छ ।
– पाचन प्रणाली कमजोर हुनुको एक सबैभन्दा ठूलो कारण हो खालि पेटमा तातो चिया पिउनु । खासमा यो एक दुई पटक होइन कि सधैं बिहान बिहान खालि पेटमा चिया पिउनाले हुन्छ ।