१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

पदमलाई अनमोल केसि र सौगत मल्लको फिल्मबाट अफर आउदा पनि काम गर्न पाएनन् :?

Logo
ABC-Sanchar प्रकाशित आइतबार, माघ ०४, २०८२

काठमाडौं । सामाजि सञ्जालमा अभ्यस्त मानिसहरु मध्ये पदम तामाङलाई नचिन्ने सायद कमै होलान् । सिक्किम निवासी पदम तामाङ अभिनित ‘गोबर गणेश’ यतिबेला सिनेमा हलहरुमा प्रदर्शनरत छ । यस अघि ‘होस्टेल ३’ चलचित्रबाट नेपाली सिने बजारमा डेब्यु गरिसक्नु भएका पदमले सिक्किममा नै बनेको फिल्म ‘लिपस्टिक गोलाइ’ बाट पहिलो पटक सिनेमाको अनुभव बटुली सक्नु भएको थियो।

‘होस्टल ३’ भन्दा पहिला उहाँलाई अहिले उहाँ कै फिल्म ‘गोबर गणेश’संग भिडिरहेको ‘भाइरल गोर्खे’बाट अफर आएको रहेछ । तर त्यसको लागी उहाँलाई मानसिक रुपमा तयार हुन गाह्रो भएछ । उहाँ भन्नु हुन्छ : “मैले अभिनयको तालिम लिएको थिएँ । न त एकैचोटि सौगात मल्लजस्तो दिग्गज कलाकारसँग स्क्रिन सेयर गर्ने आँट थियो । उहाँसँग काम गर्ने इच्छा कसलाई हुँदैन होला । त्यो मेरो लागि ठूलो अवसर थियो । तर त्यसबेला आँट गर्न सकिनँ।”

‘हौस्टेल ३’ सुपरहिट भयो अब उहाँको दोस्रो फिल्म ‘गोबर गणेश’लाई पनि दर्शकहरुले साथ दिने कुरामा पदम बिश्वस्त हुनुहुन्छ । ‘गोबर गणेश’ भन्दा अघि उहाँलाई अनमोल अभिनित फिल्म ‘बाटुलो जून’ बाट पनि अफर आएको रहेछ, तर छोरीको स्कूल सम्बन्धी डकुमेन्टेसनको काममा व्यस्त भएकोले त्यो अवसर आफुले गुमाउनु परेको कुरा उहाँ बताउनु हुन्छ ।

माघ १ गते देखि नेपाली सिनेमा हलहरुमा प्रदर्शनरत चलचित्र ‘गोबर गणेश’मा आफुले गुरुङ क्यारेक्टरको भुमिका निर्वाह गरेको पदमले बताउनु भयो । उक्त क्यारेक्टरको लागी आफुले कम खाना खाएको र कपाल पालेको रोचक कुरा पनि उहाँले हाम्लाई सुनाउन बिर्सिनु भएन ।

मरिचमान ( बल्छी ध्रुबे ) ले निर्देशन गर्नु भएको ‘गोबर गणेश’मा पदम तामाङको अलाव बर्षा शिवाकोटी, मरिचमान श्रेष्ठ ( बल्छी ध्रुबे ), बिनोद न्यौपाने, निर्मल शर्मा, लक्ष्मीनाथ तिमिल्सिना, सन्तोष बानिया जस्ता कलाकारहरुको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!