०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

भारत सरकारले निर्वाचनमा नेपाललाई ६१ वटा सवारीसाधन हस्तान्तरण,

Logo
ABC-Sanchar प्रकाशित मंगलबार, माघ ०६, २०८२

काठमाडौं । भारत सरकारले प्रतिनिधि सभा निर्वाचन सहयोग प्रयोजनका लागि नेपाललाई उपलब्ध गराउने सवारीसाधनमध्ये ६१ वटा सवारीसाधन आज औपचारिक रूपमा हस्तान्तरण गरिँदै छ ।

सवारीसाधन हस्तान्तरणका लागि गृह मन्त्रालयमा आवश्यक तयारी भइरहेको जनाइएको छ ।

भारत सरकारले उपलब्ध गराउने भनिएका ३८८ वटा सवारीसाधनमध्ये १०८ वटालाई अर्थ मन्त्रालयले कर तथा भन्सार महसुल छुट दिइसकेको जानकारी प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त भएको छ ।

कर तथा भन्सार महसुल छुट दिइसकेका सवारीसाधनमा महिन्द्रा स्कार्पियो क्लासिक एस र महिन्द्रा बोलेरो क्याम्पर ४WD (डबल क्याब पिकअप) मोडेलका गाडीहरू रहेका छन् । दुई फरक इन्भोइसमार्फत आयात गरिएका ती सवारीसाधनको कुल मूल्य भारतीय रुपैयाँमा करिब ७ करोड ४८ लाख रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!