काठमाडौं । भारत सरकारले प्रतिनिधि सभा निर्वाचन सहयोग प्रयोजनका लागि नेपाललाई उपलब्ध गराउने सवारीसाधनमध्ये ६१ वटा सवारीसाधन आज औपचारिक रूपमा हस्तान्तरण गरिँदै छ ।
सवारीसाधन हस्तान्तरणका लागि गृह मन्त्रालयमा आवश्यक तयारी भइरहेको जनाइएको छ ।
भारत सरकारले उपलब्ध गराउने भनिएका ३८८ वटा सवारीसाधनमध्ये १०८ वटालाई अर्थ मन्त्रालयले कर तथा भन्सार महसुल छुट दिइसकेको जानकारी प्रशासन सिंहदरबार विशेष ब्युरोलाई प्राप्त भएको छ ।
कर तथा भन्सार महसुल छुट दिइसकेका सवारीसाधनमा महिन्द्रा स्कार्पियो क्लासिक एस र महिन्द्रा बोलेरो क्याम्पर ४WD (डबल क्याब पिकअप) मोडेलका गाडीहरू रहेका छन् । दुई फरक इन्भोइसमार्फत आयात गरिएका ती सवारीसाधनको कुल मूल्य भारतीय रुपैयाँमा करिब ७ करोड ४८ लाख रहेको छ ।