०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

तराई जिल्लाका केही स्थानमा कुहिरो लाग्ने सम्भावना मौसम पूर्वानुमान,

Logo
ABC-Sanchar प्रकाशित बुधबार, माघ ०७, २०८२

कोशी । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायम  छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भू-भागका केही स्थानमा हुस्सु लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहने जनाइएको छ भने देशका बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । तराई क्षेत्रमा बिहान र बेलुका बाक्लो हुस्सुका लाग्ने सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बादल लाग्ने तथा अन्य भागमा मौसम सामान्यतया सफा रहने  महाशाखाको पूर्वानुमान  छ ।

महाशाखाले हुस्सु र कुहिरोका कारण हवाई सेवामा ढिलाइ हुनसक्ने तराईका विभिन्न विमानस्थलहरूमा दृश्यता घट्दा उडानमा अवरोध हुनसक्ने तथा लामो तथा छोटो दूरीका सवारी साधनका चालकलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी आज देशभर मनाइँदैछ । वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्छ । विद्यालय नपठाइएका साना बालबालिकालाई आजकै दिनदेखि अक्षरारम्भ गराउने चलन […]

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा निर्वाचन क्षेत्र नम्बर-२ बाट प्रतिनिधि सभा सदस्यका लागि दर्ता गराएको आफ्नो उम्मेदवारी फिर्ता गरेका छन्। उनी प्रगतिशील लोकतान्त्रिक पार्टीका तर्फबाट उम्मेदवार बनेका थिए। डा. भट्टराईले सामाजिक सञ्जालमार्फत प्रत्यक्ष सम्बोधन गर्दै उम्मेदवारी फिर्ता गर्ने निर्णय सार्वजनिक गरेका हुन्। उनले गोरखा-२ का स्थानीय नागरिक तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूबाट आएको […]

काठमाडौं । भक्तपुरको मध्यपुरथिमी-२ सानोठिमीस्थित बाल सुधार गृहमा कुटाकुट भएको छ। बिहीबार राति १० बजेतिर बाल सुधार गृहमा राखिएका दुई समूहबीच कुटाकुटसँगै आगजनी र तोडफोड समेत भएपछि अवस्था तनावग्रस्त बनेको थियो। जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जवेगुले बाल सुधार गृहमा राखिएका दुई पक्षबीच  बिहीबार राति कुटाकुट भएको र अहिले अवस्था सामान्य भइसकेको जानकारी दिए। डीएसपी […]

error: Content is protected !!