१३ बैशाख २०८३, आइतबार
26-04-2026 , Sun
×

नेपालगञ्जबाट ठूलो परिमाणको खैरो हेरोइनसहित २ कारोबारीहरु पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बुधबार, माघ ०७, २०८२

बाँके । जिल्ला प्रहरीकार्यालय बाँके र लागुऔषध नियन्त्र ब्यूरोले नेपालगञ्जबाट ठूलो परिमाणको खैरो हेरोइनसहित दुई कारोबारीलाई पक्राउ गरेको छ ।

खैरो हेरोइनसहित पक्राउ पर्नेमा नेपालगञ्ज उपमहानगरपालिका –१ का ४६ वर्षीय विशाल दुलाल र नेपालगञ्ज उपमहानगरपालिका –१८ का ३७ वर्षीय युवराज रश्मी रहेको बाँके  प्रहरीले जानकारी दिएको छ ।

माघ ६ गते राति नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझीमा  खैरो हेरोईन बिक्री–वितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल!प्रहरी कार्यालय बाँके र  लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले उनीहरूलाई धम्बोझी चोक नजिकबाट २८ ग्राम १२० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार खानतलासी गर्दा दुलालको पाइन्टको दाहिने खल्तीभित्र लुकाइ राखिएको अवस्थामा २८ ग्राम १२० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको हो । साथै घटनास्थलबाट डिजिटल तराजु एक थान र दुई थान मोबाइल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएपछि उनीहरुविरुद्ध लागुऔषध मुद्दामा थप अनुसन्धान अगाडि बढाइएको जनाइएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार पक्राउ परेका दुईमध्ये एक जना बाँके जिल्लाकै ठूलो लागुऔषध कारोबारी (डिलर) मध्येकै एक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्जमा शनिबार अपराह्न लागुऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो। घटनास्थलमा पुगेपछि प्रहरीलाई देख्नासाथ केही व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। तर, प्रहरी पूर्ण तयारीका साथ पुगेकाले भाग्ने प्रयास असफल भयो। भाग्न खोज्ने क्रममा नियन्त्रणमा लिन प्रहरीले ३ राउन्ड गोली चलाएको थियो। त्यसपछि ३ जना लागुऔषध कारोबारीलाई ३७० ग्राम ब्राउन […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाले नगर क्षेत्रभित्र रहेका छाडा पशुचौपायालाई व्यवस्थापन गर्न थालेको छ । सडकमा छाडा पशुचौपायाको संख्या बढेर दुर्घटनाको जोखिम हुन थालेपछि कान्जी हाउस लैजान थालिएको छ । आज सनिवार नगरका विभिन्न स्थानबाट एकत्रित गरिएका पशुचौपायालाई वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा राखिएको छ । नगर प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीका अनुसार […]

काठमाडौं । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपालका ६ जना प्रहरी वरिष्ठ उपरिक्षक (एसएसपी)हरुलाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको छ । गृह मन्त्रालयको बढुवा समितिको सचिवालयले आज साधारण समूह, साधारण उपसमूहतर्फका रिक्त ६ पदमा बढुवाका लागि नामावली सार्वजनिक गरेको हो। गृह मन्त्रालयले गरेको बढुवा सिफारिसमा एसएसपी एक नम्बरमा दिग्विजय सुवेदी छन्, जो […]

error: Content is protected !!