०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

दाङ प्रहरीले एक महिनामा ९५ वटा मुद्दा दर्ता, ७७ जना पक्राउ,

Logo
ABC (क्राईमबिट) प्रकाशित बिहिबार, माघ ०८, २०८२

दाङ। घोराही पुस महिनामा विभिन्न किसिमका दर्ता भएका ९५ वटा मुद्दामध्ये ३० वटा मुद्धा पछ्यौट भएका हुन् ।
प्रहरीमा दर्ता भएका मुद्धामध्ये ६५ वटा बिराराधिन अवस्थामा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिएका छन् । पुस महिनामा दर्ता भएका सवैभन्दा बढी अभद्र व्यवहार सम्बन्धी १७ मुद्दा दर्ता भएका छन्। त्यसमध्ये १४ फछ्यौट भएका छन भने ३ वटा पक्रियामा रहँदा २५ जना पक्राउ परेको प्रहरी प्रमुख श्रेष्ठले जानकारी दिएका छन् ।
त्यसैगरी लागुऔषध सम्बन्धी १२ मुद्दा दर्ता भएकोमा ५ मुद्दाको फछ्र्यौट भएका छन् । ७ वटा विचाराधीन रहेको लागुऔषध मुद्धामा २३ जना एक महिनाको अवधिमा जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए । झुण्डी सम्बन्धी १८ मुद्दा दर्ता भएकोमा सबै मुद्दा विचाराधीन रहेका छन्। त्यसैगरी चोरी सम्वन्धी नौ वटा, भवितव्य ज्यानका आठ, विष सेवन गरी आत्महत्याका पाँच, जवरजस्ती करणी र फुटकर ज्यानका तीन÷तीन वटा, बैङ्किङ,ज्यान मार्ने उद्योग र कर्तव्य ज्यान सम्वन्धी दुई÷दुई वटा, चोरी उद्योग,जवरजस्ती करणी उद्योग, ठगी, आपराधिक उपद्रव,सवारी जंगभंग,अमानवीय व्यवहार, ज्यान सम्वन्धी कसुर र डाका चोरीसम्वन्धी मुद्धा एक महिनाको अवधिमा एक÷एक वटा प्रहरीमा दर्ता भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
त्यसैगरी प्रहरीले एक महिनाको अवधिमा ६८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले बुधवार घोराहीमा आयोजना नियमित पत्रकार सम्मेलनका क्रममा प्रहरीले पुस महिनामा जिल्लाका विभिन्न स्थानबाट अदालतबाट दोषधी ठहर भइर फरार रहेका ६८ जना प्रतिवादीलाई पक्राउ गरेको जानकारी गराएको हो ।
पक्राउ परेका प्रतिवादीलाई अदालतबाट ४५ बर्ष ११ महिना सात दिनको कैद तथा २१ लाख २६ हजार छ सय तीन रुपियाँ नगद जरिबानाको फैसाला गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एवं प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् । उनका अनुसार पक्राउ परेका प्रतिवादीमध्ये तीन जना अदालतको फैसला गरेको करिव दश बर्षपछि पक्राउ परेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!