०९ माघ २०८२, शुक्रबार
23-01-2026 , Fri
×

निर्वाचन अगावै राष्ट्रिय राजमार्गको सडक खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग,

Logo
ABC-Sanchar प्रकाशित शुक्रबार, माघ ०९, २०८२

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो ।

महासङ्घले नारायणगढ–बुटवल सडकखण्ड, नौबिसे–मुग्लिन सडकखण्ड, बिपी राजमार्गलगायत देशभरिका सडक हालसम्म पनि सडक साँघुरो र खाल्डाखुल्डी भएकाले देशभर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न आमव्यवसायीलाई असहज भएको जनाएको छ । निर्वाचनका समयमा आमयात्रु तथा मतदातालाई गन्तव्य स्थानसम्म पुग्न अत्यधिक समय लाग्ने गरेकाले सार्वजनिक सवारीसाधन सहज रुपमा आवतजावत गर्न सकिने व्यवस्था मिलाउन महासङ्घले अनुरोध गरेको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी पुरेर सवारी आवागमन सहज बनाउन माग गरेको छ । महासङ्घका महासचिव डेकनाथ गौतमले आज एक विज्ञप्ति जारी गरी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा राजमार्गमा सवारीसाधनको अत्यधिक चाप बढ्ने भएकाले खाल्डाखुल्डी पुरेर यातायात आवागमनलाई सहज बनाउनुपर्ने बताउनुभयो । महासङ्घले […]

दाङ । सिसहनियाँ राप्ती गाउँपालिका–५, सिसहनियाँ – देउखुरीमा हरियाली बचत तथा ऋण सहकारी संस्थाले विभिन्न कार्यक्रम गर्दै आफ्नो २० औँ वार्षिकोत्सव भव्यका साथमा सम्पन्न गरेको छ । आफ्नो सोही वार्षिकोत्सवको अवसर पारेर संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत निलसागर सेवा आश्रम दाङलाई ११ हजार रकम बराबरको ग्याँस, चुलो तथा प्रेसर कुकर लगायतका सामग्री सहयोग गरेको छ । […]

दाङ । तुल्सीपुर प्रहरी नायव महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले लुम्बिनी प्रदेश प्रहरीको कमाण्ड सम्हालेका छन् । बिहीबारदेखि उनले कार्यालय प्रमुखको पदभार ग्रहण गरेका हुन् । उनलाई त्यहाँ कार्यरत प्रहरी कर्मचारीहरुले स्वागत गरेका थिए । यसअघि उनी केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा कार्यरत थिए ।

error: Content is protected !!