०१ आषाढ २०८३, सोमबार
15-06-2026 , Mon
×

दाङमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएकि महिलाको मृत्यु,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०९, २०८२

दाङ । तुलसीपुरमा मोटरसाइकलको ठक्करबाट गम्भिर घाइते भएका महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१७ मानपुरका ३३ वर्षका रमा चौधरी रहेको दाङ प्रहरीले जनाएको छ । घाइते चौधरीको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

डिएसपी शाहका अनुसार चौधरीको आज सवा ४ बजेतिर उपचारका क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा मृत्यु भएको हो । चौधरीको टाउको, मुख, हात र खुट्टामा चोट लागेको थियो । चौधरीलाई राप्ती लाइफ केयर अस्पताल मोतिपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही रिफर गरिएको थियो ।

आज शुक्रबार दिउँसो करिब पौने २ बजेतिर तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा ३ प ६४३१ नम्बरको मोटरसाइकलले पैदल यात्री चौधरीलाई तुलसीपुर– ७ राजापुरमा ठक्कर दिएको हो । मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका–४ बनहरीका २३ वर्षका अरुण चौधरी र पछाडि सवार तुलसीपुर उपमहानगरपालिका–५ बसपार्कका २० वर्षका आभास केसी पनि घाइते भएका छन् ।

चालक चौधरीको अवस्था सामान्य रहेको छ भने पछाडि सवार केसीको दाहिने हातमा चोट लागेको छ । दुर्घटनामा संलग्न मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट पर्सेनीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । *घटना के भयो भन्ने बुझाइ:* डिभिजन वन कार्यालय धनगढीका कर्मचारीहरूले सडक छेउमा पसल गर्ने गरिब परिवारको टेम्पो सामान झार्ने समय नदिई जबरजस्ती भिरबाट खसालिदिए। अब त्यो परिवारको जीविकोपार्जन नै टुटेको छ र उनीहरू न्याय माग्दै छन्। *कानून के भन्छ?* 1. *सडक छेउमा व्यापार*: सरकारी जग्गा/सडक मिचेर व्यापार गरे रोक्न पाइन्छ। तर प्रक्रिया छ […]

एजेन्सी । भारतको असमको जोरहाटस्थित रौरिया इन्डियन एयरबेसमा शनिबार बिहान १० बजे अवतरणका क्रममा भारतीय वायुसेनाको एउटा विमान दुर्घटनाग्रस्त भएको छ। यस दुखद दुर्घटनामा पाइलटसहित ५ जना जवानको मृत्यु भएको छ भने एक जना को-पाइलट घाइते भएका छन्। ज्यान गुमाउनेहरूमा स्क्वाड्रन लिडर प्रशान्त सिंह, फ्लाइट लेफ्टिनेन्ट शुभम कुमार, सार्जेन्ट जितेन्द्र शर्मा, अग्निवीरवायु खेमाराम कुमावत र […]

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ५९८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु १७ लाख ८६ हजार  ५०१ राजस्व दाखिला भएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका १९९, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १६७, संकेत बत्ती उल्लंघनकर्ता १२० र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका […]

error: Content is protected !!