१७ कार्तिक २०८३, मंगलबार
03-11-2026 , Tue
×

नेपाल प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोक्यो,

Logo
ABC (क्राईमबिट) प्रकाशित शुक्रबार, माघ ०९, २०८२

काठमाडौँ । नेपाल प्रहरीले ठूलो संख्यामा प्रहरी जनशक्तिको बढुवा तथा पदस्थापन प्रक्रिया अघि बढाएको छ। जनपद प्रहरी समूह अन्तर्गतका प्रहरी सहायक हवल्दारहरूको पदोन्नति र जिम्मेवारी तोकिएको हो।

प्रहरी उपरीक्षकको निर्णयअनुसार जनपद प्रहरी समूहतर्फ कार्यरत एक हजार ३२ जना प्रहरी सहायक हवल्दारलाई बढुवा गर्दै विभिन्न स्थानमा पदस्थापन गरिएको जनाइएको छ।

बढुवा तथा पदस्थापनसँगै सम्बन्धित कर्मचारीहरूलाई नयाँ जिम्मेवारीसहित कार्यक्षेत्रमा खटाइने व्यवस्था गरिएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता, प्रहरी नायव महानिरीक्षक श्री अवि नारायण काफ्लेले देशभरका प्रहरी कार्यालयहरूमा प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारीमा रहनुभएका प्रहरी अधिकृतहरूलाई नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता काफ्लेद्वारा देशभरका प्रहरी प्रवक्ताहरुलाई Virtual Conference मार्फत निर्देशन, मार्फत आवश्यक निर्देशन दिनुभएको छ। प्रहरी प्रधान कार्यालयमा आयोजित उक्त कार्यक्रममा उपत्यकास्थित कार्यालयका प्रवक्ता / सूचना अधिकारीहरूको भौतिक […]

  बाँके । नेपालगञ्ज अवैध रूपमा भारतबाट ल्याइएको बोइलर कुखुराको मासु प्रहरीले बरामद गरेको छ। जिल्ला बाँके, नेपालगञ्ज उप-महानगरपालिका-१० गणेशमान चोकबाट अवैध रूपमा ल्याइएका अन्दाजी ९० किलोग्राम तयारी बोइलर कुखुराको मासु नियन्त्रणमा लिइएको हो। बरामद गरिएको मासु आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय, नेपालगञ्ज बाँकेमा पठाइएको जिल्ला प्रहरी बाँकेले जनाएको छ।

नेपालको आर्थिक समृद्धिका लागि शिक्षालाई उत्पादन र सीपसँग जोडौँ **सम्पादकीय** नेपालको आर्थिक अवस्था अझै पनि अपेक्षाकृत कमजोर छ। प्राकृतिक स्रोतसाधन, जलस्रोत, उर्वर भूमि, वनजङ्गल र श्रमशक्तिको पर्याप्त सम्भावना हुँदाहुँदै पनि नेपालले आफ्नो आवश्यकता पूरा गर्न ठूलो मात्रामा विदेशी उत्पादनमा निर्भर रहनुपरेको छ। खाद्यान्नदेखि तरकारी, फलफूल, लत्ताकपडा, दैनिक उपभोग्य वस्तु र सामान्य कृषिजन्य उत्पादनसमेत विदेशबाट आयात […]